गलकोट नगरपालिका वडा नं ८ काडेबास र वडा नं ९ छिस जोडने झोलुङगे पुलको आज उद्घाटन गरिएको छ ।पुलको पुर्व सांसद कुलराज शर्मा, गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरे र उपमेयर रेणुका काउचाले सामुहिक रुपमा उद्घाटन गनुभएको थियो |बि.सं. १९९५ मा भारतको कलकत्ताबाट गोपिबल्लभ र पुर्णभद्र खरेलले ३/४ महिना लगाएर निर्माण सामाग्री ल्याई पुलको स्थापना गरिएको बताईएको छ | छिस दरबार परिवारले निर्माण गरेको उक्त पुल जिर्ण बन्दै गएपछि यस बर्ष पनि दरबार परिवार नैे पुन निर्माण गरेका हुन । सो अवसरमा दरबारे परिवार बाट १० लाख ज्योति पनि बालिएको त्यहाँबाट कमल खरेलले जानकारि दिनुभयो |

यस अघिपुल जिर्ण बन्दै गएपछि बि.सं. २०२८ सालमा दरबारे परिवारबाट नै पुनरनिर्माण गरिएको थियो | परिवारका स्वर्गीय सदस्यहरु टिकाराम, गोविबल्लव, खिमानन्द र बलभद्र खरेलको स्मृतिमा पुल पुन निर्माण गरिएको निर्माणकर्ता हेमलाल खरेलले जानकारी दिनुभयो । करिब १६ लाखको लागतमा पुननिर्माण गरिएकोे बताईएको छ । कार्यक्रमका बक्ताहरुले दरबारे परिवारले समाज बिकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै यस्ता किसिमका बिकास कार्यहरुले देश विकासमा टेवा मिल्ने बताएका थिए |कार्यक्रममा पूर्व सांसद कुलराज शर्मा, गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरे, उपमेयर रेणुका काउचा, नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधी मञ्जु शर्मा चालिसे, पुर्व सांसद गोविन्द प्रसाद कडेंल, जनजागृति माध्यमिक विद्यालय काडेबासका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदिलाल सापकोटा, जग्गादाता यज्ञप्रसाद सापकोटा, नेपाल शिक्षक संघका प्रदेश प्रतिनिधि देवेन्द्र खत्री, परिवारको तर्फबाट हिरालाल खरेल, वडा नं ८ का नव निर्वा्चित वडा अध्यक्ष राम प्रसाद कडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम खरेल परिवारका ज्येष्ठ सदस्य झकुजुलाल खरेलको अध्यक्षता, सदस्य ईन्दु खरेलको स्वागत र सोमनाथ खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।






























































































































































































