७ जेष्ठ २०८१, सोमबार

 

प्रभु बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयलाई कम्प्युटर

प्रभु बैंक लिमिडेटको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बागलुङको गलकोट नगरपालिका ७ मल्म स्थित जनहित माध्यमिक विद्यालयलाई २ वटा कम्प्युटर हस्तान्तरण गरेको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा प्रभु बैंक लिमिटेड गलकोट शाखाका प्रवन्धक चेतनारायण गौतमले नगद रु ६५ हजारको ब्राण्डेड कम्प्युटर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापा र प्रधानध्यापक विष्णु प्रसाद गौतमलाई उक्त कम्प्युटरहरु हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गलकोट नगरपालिका ७ का नव निर्वा्चित वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले यो सुचना प्रविधिको यो युगमा दाताले दिएका सामाग्रीको सहि सदुपयोग गर्दै समय सापेक्ष शिक्षाको गुणस्तरमा सुधार ल्याउन आवश्यक रहेको बताउनु भएको छ ।
विद्यालयमा कम्पयुटर शिक्षालाई थप टेवा पुगोस भन्ने उद्येश्यका साथ कम्प्युटर प्रदान गरिएको बैंकले जनाएको छ ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ललित मरासिनी, विद्यालय व्यवस्थापन समितिका सदस्य लोक बहादुर थापा र प्रभु बैंक गलकोट शाखाका प्रवन्धक चेतनारायण गौतमले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा अपाङगता, मावि छात्रवृत्ति, आधारभूत दलित छात्रवृत्ति, मावि दलित छात्रवृत्ति र आधारभूत छात्रा छात्रवृत्ति गरि १ सय १३ जना विद्यार्थीहरुलाई नगद रु ५५ हजार रकम छात्रवृत्ति वितरण गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता, शिक्षक लेखनाथ पौडेलको स्वागत र शिक्षक रामचन्द्र गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

विद्यालयमा यस भन्दा पूर्व सहिद विष्णु थापाको सम्झनामा गलकोट नगरपालिका ७ अरबेदी हाल जापानमा कार्यरत भबिन्द्र बहादुर थापाले ५ वटा कम्प्युटर र खोलापारी हाल जापानमा कार्यरत गोपाल चोखालले १ थान ल्यापटप सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्