आफ्ना बच्चाहरुलाई पोषण पु¥याउन आण्डा र मासु आपुर्तीका लागि आमाहरुले कुखुरा पाल्दैछन् । यसँगै आर्थिक आम्दानी समेत हुने भएपछि बुर्तिबाङका आमाहरुले सुआहारा परियोजनाले दिएका कुखुरा पाल्ने तयारी थालेका हुन् ।
सुनौलो हजार दिनका आमालाई कुखुराको चल्ला दिएर सुआहाराले चल्ला दिएपछि उनीहरु खुकुरा पालन गर्न अबस्थामा पुगेका हुन् । आम्दानी बढाएर आत्मनिर्भर बनाउने उदेश्यले ढोरपाटन नगरपालीका–१ बुर्तिबाङको ग्रामिण नमुना कृषक समुहका सदस्य र सुनौलो १ हजार दिनका बालबालिकाका आमालाई हईलाईन जातका लेयर्स चल्ला वितरण गरिएको हो ।
एक हजार दिन भित्रका बालबालिकालाई प्रयाप्त पौष्टिक तत्व चाहिने हुँदा मासु र अण्डा मार्फत यसको परिपुर्ती गर्न भन्दै ११ जना आमालाई जनही ५० ओटाका दरले चल्ला बाँडिएको सुआहारा फिल्ड सुपर भाईजर शन्तोष रिजालले जानकारी दिए ।
युएसएआईडिको सहयोगमा नेपाल गाजा डभलबमेन्ट फाउन्डेशनले सञ्चालन गरेको सुआहारा कार्यक्रम अन्तरगत पशुसेवा केन्द्र बुर्तिबाङसँगको समन्वयमा यो वितरण भएको हो । उनीहरुलाई जनही १० केजी कुखुराको दाना, एक महिना पुग्ने औषधि र २,२ थान दानापानी राखिदिने भाँडा समेत प्रदान गरिएको छ ।
सामान लिएपछि सहयोग आफुहरुका लागि महत्वपुर्णा रहेको भन्दै दिगो ब्यवसायका लागि खुकुरा पालन गर्ने आमाहरुले जनाए ।













































































































































































































