
रक्तदानको महत्व बारे विशवभर सन्देश प्रवाह गर्न साईकल यात्र सुरु गरेका दुई नेपाली साईकल यात्री जापान आईपुगेका छन् । पर्वत पाङराङका भेषराज कँडेल र झापा कन्काईका युवराज मैनाली १५ देशको यात्रापछि जापान आएका हुन् ।
छ महिना पहिले सुरु भएको यात्रा जापान आईपुग्दा १६ औँ देशसम्म पगुको विश्वसाईकल यात्री भेषराज कँडेलले बताए । रगतको अभावमा विश्वभर कसैले पनि ज्यान गुमाउन नपारोस भन्ने सन्देश प्रवाह गर्ने साईकल यात्राको उदेश्य रहेको उनीहरुले बताए ।
‘रक्तदान नै जीवन दान हो’ भन्ने मुल उद्देश्यले साईकल यात्र सुरु गरिएको हो । साईकल यात्रा यसअघि भारत, श्रीलंका, बंगलादेश, माल्दिप्स, म्यानमार, भियतनाम, कम्बोडिया, लओस, थाईल्याण्ड, मलेसिया, सिंगापुर, बु्रनाई, इन्डोनेसिया, फिलिपिन्स र ताईवान पुगिसकेको कँडेलले बताए ।
‘रक्तदानले रगत दिने व्यक्ति कमजोर हुन्छ भन्ने बुझाई छ, यो सत्य होईन’, उनले भने,‘यसको अन्त्य होस भनेर म आफैले अहिले सम्म २५ पटक रगत दान गरेको छु ।’ उनले यो मान्यतालाई चिर्नपनि यात्राले सहयग गर्नेे विश्वस व्यक्त गरे । यात्राको ५ बर्षभित्र १ सय ५० देश पुग्ने लक्ष्य रहेको अर्का यात्री युबराज मैनालीले बताए ।
विश्व साईकल यात्रा सुरु गर्नुअघि नेपालका अधिकांश जिल्ला साईकलबाट पुगेर रक्तदान बारे सन्देश प्रवाह गरेको उनले जानकारी दिए । ‘यात्राका क्रममा हामीले बुद्धको देश नेपाल भ्रमण गर्नका लागि निम्तो समेत दिने गरेका छौँ’, मैनालीले भने, ‘यो मौकामा पर्यटन प्रबद्र्धनको सन्देश समेत दिईरहेका छौँ ।’
आफुहरुले स्वैच्छिक रुपमा सुरु गरेको यो अभियानमा पछिल्लो समय केहि संघसंस्थाले सहयोको लागि चासो देखाएको उनले बताए । ‘अहिलेसम्म सरकारी स्तरबाट कुनै सहयोग लिएका छैनौँ’ उनले अगाडी थपे, ‘राज्यको समेत सहयोग भए यो अभियानले थप उपलब्धि हाँसिल गथ्र्यो की ?’