६ जेष्ठ २०८१, आईतवार

 

अर्धनग्न नृत्य सहित निसेल ढोरमा हुँदैछ गाउँपूजा मेला

पश्चिम बागलुङको निसेलढोरमा मनाईने गाउँपुजा मेला यो बर्ष साउन २८ गदेखि सुरु हुँदैछ । दुई/दुई बर्षको अन्तरालमा गरिने पुजा निसीखोला गाउ“पालिकाको अति दुर्गम क्षेत्र निसेल ढोरका स्थानीयले मनाउँदै आएका छन् ।

यो पर्वको आफ्नै महत्व छ । पछिल्लो समय प्रतियोगितात्मक कार्यक्रम सहित मेला गर्ने गरिएकाले एक हप्तामा सम्म मनाईने स्थानीय हेमबहादुर बुढा मगरले जानकारी दिए ।

साउन २८ गतेदेखि सुरु हुने गाउँ पूजा मेला भदौ २ गतेसम्म चल्ने उनको भनाई छ ।

यस क्षेत्रका मानिस हरेक वर्षा याममा ढोर(लेक) र हिउँदको समयमा औल(वेसी) निसी झर्ने गर्दछन् ।

अहिले निसीवासी ढोरतिर लगेका छन् । पहिले पहिले विधिपुर्वक पुजाआजा गरेर मनाईने यो पर्वमा पछिल्लो समयमा युवाहरुले बिभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित मनाउने गरेका छन् ।

 

मेलामा खेलकुद र मनोरञ्जनात्मक कार्यक्रम समेत गरिन्छ । यो बर्ष स्थानीय जनसेवा युवा क्लवले प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको छ ।

पहिलेको तुलनामा केहि समय यता अलि फरक किसिमले मनाउने गरिएको स्थानीय टंक पुनले जानकारी दिए ।

गाउँपुजा मेलामा बुढापाकाले विधिपुर्वक पुजाआजा गरि झाँक्री बस्ने गर्छन् । उत्तरगंगा नदीको पुलबाट हाम फालेर रमाईलो गर्ने प्रचालन छ ।

अर्धनग्न भएर कापई(स्थानीय नाच) नाच्दै दौडेर खोलामा हाम फालिन्छ ।

पुजाआजा सहित गरिने यो संस्कारले प्राकृतिक विपत्ति टर्ने विश्वस रहेको छ । यो पर्वमा मेला हेर्नका लागि बागलुलङका बिभिन्न स्थान सहित रुकुम, रोल्पाकाबाट समेत दर्शक आउने गरेका छन् ।

यो पर्वमा युवा–युवती (तरुनी तन्नेरीहरु) रातभर दोहोरी गीत गाउने, जागाराम बसेर रमाईलो गर्ने गरिन्छ ।

गाउँ पूजा तथा जनसेवा युवा क्लवको पहिलो वार्षिकोत्सवको अवसर पारेर पूरुष तथा महिला भलिबल प्रतियोगिता, दोहोरी गीत, छेलो फाल्ने, म्याराथुन दौड लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा कलाकार राजेश बर्देवा, चोलेन्द्र पौडेल, गणेशबाबु थापा, भूपेश बुढा मगर र गजलकार अञ्चल शाहि सहित स्थानीय कलाकारको समेत सांगितिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्