७ जेष्ठ २०८१, सोमबार

 

गरीवीको कारण विदेशिनुपर्ने वाध्यताको अन्त्य : राज्यमन्त्री खड्का

सहकारी विकास तथा गरीवी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले गरीवीको कारण विदेशिनुपर्ने वाध्यताको अन्त्य गर्न लागीपर्ने वताउनु भएको छ ।

नेपाली काग्रेस जिल्ला कार्यसमिति बागलुङले शुक्रवार आयोजना गरेको स्वागत कार्यक्रममा वोल्दै खड्काले यस्तो वताउनु भएको हो । राज्यमन्त्री खड्काले सहकारीको बिकासबाट नै आर्थिक विकास सम्भव हुने वताउदै गरीवी निवारण गर्नको लागी युवा स्वरोजगार कार्यक्रम प्रभावकारी वनाउने वताउनु भयो । नेपालमा सहकारीको संख्यात्मक विकास भएपनि गुणात्मक बिकास हुन नसकेको भन्दै राज्यमन्त्री खड्काले गुणात्मक सहकारीले नै गरिबी हटाउन मद्वत गर्ने वताउनु भयो ।

अर्थतन्त्र माथि उकास्न र गरिबी निवारण गर्न सहकरी मत्वपुर्ण माध्ययम भएको वताउनु भयो । सहकारी अभियान्ता र सरकारको विवाद कारण नयाँ सहकारी ऐन पारित हुन नसकेको बताउदै यसको उचित निकासको लागी प्रतिवद्ध रहेको वताउनु भयो । सहकारी क्षेत्रमा विकृति ब्याप्त रहेकोले त्यसलाई छलफल गरी समाधान गर्नुपर्ने वताउनु भयो ।

राज्यमन्त्री भए पछि पहिलो पटक गृह जिल्ला आउनु भएका खड्काले समग्र जिल्लावासीले अपनत्व महसुश गर्ने गरी विकाश निर्माणमा लाग्ने वताउनु भयो । बागलुुङका महिलाहरुको प्रतिनिधित्व गर्दै प्रथम महिला राज्यमन्त्री वन्ने अवसर पाएकोले महिलाहरुको क्षेत्रमा समेत काम गर्ने वताउनु भयो ।

नेपाली कग्रेस बागलुङका सभापति दिपेन्द्र वहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष उमेश गौतम र संचालन सचिव नवराज गौतमले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्