
सहकारी विकास तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवि खड्काले शिक्षाको पहुँच बिना गरिब मुक्त समाज कल्पना गर्न नसकिने बताउनुभएको छ । बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाले सहकारीको माध्यमबाट पनि गरिबी हटाउन सकिने बताउनुभयो । उहाले संसदमा बिचाराधिन अवस्थामा रहेको सहकारी ऐनलाई पारित गरी अगाडी बढ्ने भन्दै सहकारीमा भएका बिकृतिको अन्त्यका लागि पहल गर्ने बताउनुभयो ।
खड्काले महिलाहरुको शसक्तिकरणमा ध्यान दिदैँ हस्तकला सम्बन्धि विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ । उहाले रोजगारी प्रदान गरी युवालाई स्वदेश मै स्वरोजगार बनाउन उद्योगी ब्यबसायीको सहयोग र समर्थन आवश्यक रहेको खड्काले बताउनुभयो । आयात निर्यात र पर्यटन प्रबद्र्धनको लागि कालिगण्डकी कोरिडोर राम्रो संभावना रहेको हुदा यसलाई बागलुङ भएर लैजान पहल गर्ने राज्यमन्त्री खड्काले बताउनुभयो । बागलुङ जिल्लाका बाढी पीडितलाई सहयोग गर्ने वचन दिदै बागलुङको सुस्त मनस्थिति स्कुललाई आफुले पाउने एक महिनाको तलब दिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठ, सल्लाहकार देबबहादुर श्रेष्ठ, पुर्ब अध्यक्ष युगेश्वर कुमार वझा, महिला उद्धमी बिकास समितिका अध्यक्ष भगवती केसी, फेन्सी ब्यवसायी समितिका सचिव रामचन्द्र पौडेल, बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष युबराज राजभण्डारी लगायतले सहकारी तथा गरिबी निबारण गर्ने सवालमा प्रभावकारी ढंगले काम गर्न र योजना ल्याउन अनुरोध गरेका थिए ।
कार्यक्रम बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षता र महासचिव दयाराम पाडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।