३ कार्तिक २०८३, सोमबार

 

ईयु सहित हङकङ र स्विट्जरल्याण्डमा अण्डामा कीटनाशक फिप्रोनिल भेटिए पछी

युरोपियन युनियनका  अनुसार, पन्ध्र ईयूका देशका  साथै हङकङ र स्विट्जरल्याण्डले कीटनाशक फिप्रोनिल  प्रदूषित अण्डा प्राप्त गरेको   जनाएका छन्।
युनियनले आगामी  २६  सेप्टेम्बरमा युनियन अन्तर्गतका राष्ट्रका  मन्त्री र नियामक निकाय हरूसँग बैठक गर्ने समेत  उल्लेख गरेको छ । यस बिषयमा   खाद्य सुरक्षा प्रमुखले एक  अर्का देशलाई “दोष  र शंका” गर्ने कार्य   नगर्न   आग्रह  गरेका   छन्  ।
मुख्यतः नेदरल्यान्ड्सबाट ल्याईदै  गरेको अण्डामा यस प्रकारको बिषालु पदार्थ  भेटिएको बताईएको छ    ।   यो  पदार्थ जसको प्रयोग जीव मार्न   प्रयोग   गरिन्छ  । युरोपियन युनियनमा यो पदार्थ खाध  उधोगमा   प्रयोग   गर्न   रोक   लगाईएको   छ ।

कुखुरा पालक किसानहरुले  यसको प्रयोग किटनासकको रुपमा प्रयोग गर्ने गरेको बताईएको छ  । कीटनाशकको बढी प्रयोगले  मानिसहरूको मिर्गौला ,  आन्द्रा  साथै  थाईराइड   ग्रन्थिमा   समेत असर  पुग्दछ ।  खाध अधिकारीहरु यस्तो अण्डा पहिले  खाई सकेकाहरुको   स्वस्थ  कम खतरापूर्ण   बनाउन   र   जोखिम   कम   गर्ने  उपायको   गहिरो   अध्यायन   गरिरहेको जनाएका छन्  ।

कुन देशहरू प्रभावित छन् ?
नेदरल्याण्ड्स, बेल्जियम, जर्मनी र फ्रान्समा  यो  प्रयोग  भएको  प्रस्ट भएपछी  खुकुराका  फार्महरु  बन्द भएका छन्  । ईयुका प्रबक्ताले  शुक्रबार
बेलायत, स्वीडेन, अस्ट्रिया, आयरल्याण्ड, इटाली, लक्जमबर्ग, पोल्याण्ड, रोमानिया, स्लोभेनिया, स्लोभेनिया र डेनमार्क र    गैर-ईयू स्विट्जरल्याण्ड बाट  ल्याईएका  अण्डा पनि   यसबाट   प्रभावित छन ।

साभार : विकास निमार्ण

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung