३ कार्तिक २०८३, सोमबार

 

बाल दिवसमा नृत्य प्रतियोगिाता

५३ औ विश्व वाल दिवसको असवरमा हरि माध्यमिक विद्यालय ताराखोला गाउँपालिका–३ हिलमा खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।वाल मैत्री शासन, बाल अधिकारको सम्मान मुल नारा रहेको कार्यक्रममा २१ जनाको सहभागिता रहेको थियो ।

  उक्त प्रतियोगितामा जमुना चालिसे प्रथम , अस्मिता बस्नेत दोस्रो , मनिसा थापा तेस्रो र अनुपा बस्नेत सान्त्वना भएका छन । कार्यक्रमकअसवर मा करिब १० जना भन्दा बढी विद्यार्थीले गीत, गजल, मुक्तक, कविता समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रम घुम्टे बाल क्लबका अध्यक्ष मनिष रामदामको अध्यक्षता विद्यार्थी सविता खत्रीको स्वागत मन्तव्य र संचारकर्मी एवं विद्यार्थी शान्त खत्री मौसमको संचालनमा सप्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung