ताराखोला गाउँपालिका–३ मा रहेको कांक्राखोर आधारभूत विद्यालयको ६४ औ चंदा संकलन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आर्थिक स्तर सुधार गर्नेको लागि चन्दा संकलन कार्यक्रम गरिदै आईएको छ ।
कार्यक्रमका अवसरमा प्रमुख अतिथि रहेका नर बहादुर निउरेले सामाजिक कार्यको लागि निरन्तर सहयोग गरिरहेको बताउदै बिधालयको निम्ति सधै सहयोग गर्ने प्रतिबद्ध जनाउदै २५ हजार सहयोग गरे । त्यस्तै प्रमुख अतिथि नै रहेका मदन केसीले पनि बिधालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागि त्रिकोणात्म सम्बन्ध सुमधुर नभए सम्म शैक्षिक गुणस्तर बाट आशा गर्ने ठाउँ नरहने बताउदै बिधायलाई २५ हजार सहयोग गरेका थिए र आफुले निरन्तर गरिरहने बताए ।
कार्यक्रम बिधालय ब्यवस्थापन समितिका अध्यक्ष मन बहादुर लामिछानेको अध्यक्षता चन्दा संकलन कार्यक्रमका प्रमुख अतिथि नर बहादुर निउरे, मदन केशीको बिशेष आतिथ्यता रहेको कार्यक्रममा शिक्षिका रिता बिक, रामप्रसाद निउरे , शान्त खत्री शिक्षक अभिभावक संघका अध्यक्ष ईन्द्रप्रसाद निउरे लगाएतले मन्तव्य राख्नुभएको रहेको थियो ।













































































































































































































