३० बैशाख २०८२, मंगलवार

 

साउदी महिलाको स्वतन्त्रता

साउदी अरबले पहिलो पटक महिलालाई रंगशालामा गएर खेलकुद प्रतियोगिता अवलोकन गर्ने अनुमति दिन गइरहेको छ । साउदी अधिकारीले बताएका छन् कि आगामी वर्षसम्ममा त्यहाँका महिलाले यस्तो अधिकार उपभोग गर्न सक्नेछन् ।
साउदी अरबका तीन ठुला सहर रियाद , जेद्दा र दम्मामका महिला परिवारका साथमा स्टेडियममा उपस्थित हुन सक्नेछन् । साउदी महिलालाई थप बढी स्वतन्त्रता दिने दिशामा देशको यो ताजा कदम हो । साउदी अरबमा महिलाको दैनिक जीवनदेखि अन्य विभिन्न पक्षमा निकै कडा नियम कानुन कायम छन् । तर हालै साउदी सरकारले महिलाको लागि सवारी चालक अनुमतिपत्रमाथि लगाइएको पं्रतिबन्ध हटाएर ऐतिहासिक कदम उठाएको थियो ।
सुधारको श्रेय युवराज सलमानलाई
साउदी अरबका युवराज मोहम्मद बिन सलमान साउदी समाजको आधुनिकीकरण तथा अर्थव्यवस्थालाई नयाँ गति दिने कार्यमा निरन्तर लागिरहेका छन् । साउदी अरबको खेल प्राधिकरणले भनेको छ कि रंगशालाहरुमा महिलाका लागि अत्यावश्यक सम्पुर्ण व्यवस्था मिलाईने । परिणामत अगामि २०१८ को सुरुवातसम्ममा यहाँका महिला परिवारका साथ रंगशालामा गएर खेल हेर्न सक्नेछन् । अहिलेसम्म साउदी अरबका रंगशालामा केवल पुरुषलाई प्रवेश अनुमति थियो । यसका लागि त्यहाँ मनिटर स्त्रिन लगाउने र रेस्टुरेन्ट तथा क्याफेको व्यवस्थापन पनि हुनेछ । साउदी अरबमा भइरहेको हरेक सुधारको श्रेय त्यहाका युवराज श्रेय मोहम्मद विन सलमानलाई गरिएको छ ।
को हुन् युवराज सलमान ?
जब सन् २०१५ मा राजकुमार मोहम्मद सलमानका पिता देशका राजा बने , त्यसअघि साउदी अरब बाहिरका निकै कम मानिसले मात्र सलमानबारे सुनेका थिए । तर, त्यसपछिका दिनमा भने ३१ अगस्ट १९८५ मा जन्मेका ३१ वर्षिय मोहम्मद बिन सलमान संसारकै अग्रणी तेल निर्यातक देशका सबैभन्दा प्रभावशाली व्यक्ति बन्न सफल भए ।
युवराज सलमान तत्कालीन युवराज सलमान दिन अब्दुल अजिज अल साउदीकी तेस्री पत्नी पहदाह दिन फलह विन सुल्तानका जेठा पुत्र हुन् । राजधानी रियादको किङ साउदी विश्वविद्यालयबाट कानुनमा डिग्री लिएपछि उनले कयौ सरकारी संस्थामा सेवा दिएका छन् ।
आर्थिक परिवर्तन
सन् २००९ मा उनी आफ्ना पिताका विशेष सल्लाहकारमा नियुक्त भएका थिए । जो त्यस समयमा रियादमा गर्भनर थिए । मोहम्मद विन सलमानको सत्ता चढ्ने कार्यको सुरुवात सन् २०१३ मा त्यतिखेर भयो , जब उनलाई क्राउन प्रिन्स कोर्टका प्रमुख चुनियो । यो मन्त्री पदको सम्मान थियो ।
युवराज मोहम्मद विन सलमानले भिजन २०३० अन्तरर्गत यस तेल निर्भर राष्ट्रमा सामाजिक तथा आर्थिक परिवर्तनलाई साकार रुप दिने खालका निकै महत्वपुर्ण धेरै निर्णय लिएका छन् । उनले देशको उदार अनुदान व्यवस्थामा कमी ल्याउन सुरुवात गरे र सरकारी तेल कम्पनी साउदी अराम्कोको निजीकरणको प्रस्तावलाई अघि बढाएका छन् ।
(बिबिसी हिन्दीको समाचार टिप्पणी, बिबिसी हिन्दी डट कमबाट)

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung