चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुल बागलुङको आयोजनामा भएको अन्तर स्कुल स्तरीय चिल्ड्रेन लाईफ फुटबल कप–२०७४ को उपाधि आयोजकले जितेको छ ।
बुधबार भएको फाईनल खेलमा सिद्धार्थ शिक्षा सदनलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक चिन्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुल निलोले उपाधि जितेको हो ।
सिदार्थका खेलाडीले फल गरेपछि पाएको फ्रिकिकमा चिल्ड्रेनका मनोज थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले अग्रता दिएको चिल्ड्रेनले दोस्रो हाफमा पनि आफ्नो लयलाई निरन्तरता दिदै खेलको ४३ मिनेटमा नारायण कुँवरले गोल गर्दै टिमलाई जित दिलाएका थिए ।
पहिलो हाफमा निकै कमजोर देखिएको सिदार्थले दोस्रो हाफमा भने केही राम्रो आक्रमण गरेको थियो तर चिल्ड्रेनका गोलरक्षक र डिफेण्डरहरुले गोलहुनबाट बचाएका थिए । खेलअवधिभर अन्य कुनै गोल हुन नसकेपछि खेल चिल्ड्रेन लाईफ निलोले जितेको हो ।
उपाधि जितेको चिल्ड्रेन लाईफले नगद २५ हजार, ट्रफ्रि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको सिदार्थले नगद १५ हजारसहित ट्रफ्रि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै सेमिफाइनलसम्म पुगेका अमर आदर्श आवासिय मावि र युनिभर्सल सवलायम एकेडेमिले नगद ५–५ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा १५ विद्यालयका १६ टिमले सहभागिता जनाएका थिए ।













































































































































































































