
माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटको भ्रष्टचार सम्बन्धी सूचना पनामा पेपर्समा प्रकाशित गरेर चर्चामा आएकि खोज पत्रकार डाफ्ने करुआना गलिजियाको हत्या भएको छ ।
गत अक्टोबर १६ मा घर नजिकै कारबम आक्रमण गरि हत्या गरिएको थियो । प्रधानमन्त्री र उनकि श्रीमतीले विदेशी बैंकमा गैर कानुनी सम्पत्ति लुकाएको भन्ने समाचार सार्वजनिक गरे पछि पत्रकार गलिजिया चर्चाको शिखरमा थिईन ।
माल्टा प्रहरीले गलिजियाको हत्याको संलग्नतामा १० जनालाई सोमबार पक्राउ गरेको छ । यस अघि हत्याको छानबिन गर्न सरकार उदासिन भएको आरोप लागेपछि माल्टा सरकारले हत्याबारे सूचना दिने व्याक्तिलाई १२ लाख अमेरिकन डलर पुरस्कार दिने घोषणा गरेको थियो ।
उनका छोरा म्याथ्यु करुआना गलिजियाले मृत्युको लागि माफिया राज्य जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन । बीबीसी लगाएत ८ ठूला संचार संस्थाहरु र विज्ञहरु हत्याको घटनाबारे छाबिन गरि रहेका छन ।
५३ वर्षिया गलिजियाको घरबाट निस्किएको केहि बेर बम आक्रमण गरि हत्यागरिएको हो । उनले ब्लग मार्फत खोजमुलक समाचारहरु जनताका बिच लैजाने गर्थिन ।