४ श्रावण २०८३, सोमबार

 

वास्तविक मालिक को हो ?

गौतम बुद्ध एक दिन आफ्ना भिक्षुहरुसँग गाउँ घुम्न निस्किएका थिए । लामो यात्रापछि थाकेका बुद्ध भिक्षुहरु सहित बाटोको चौतारामा विश्राम गर्न बस्छन । त्यहि बेला एउटा किसानले आफ्नो भैँसीलाई डो¥याउँदै कतै लगि रहेको देखे । किसान अली हतारमा देखिन्थ्यो , उसले डोरीमा जोर लगाई रहेको थियो ।

यो देखेर गौतम बुद्धले आफ्ना भिक्षुहरुलाई प्रश्न गरे ‘भिक्षुहरु भन त यसको मालिक को हो’ ? ‘डोराउने किसान वा डोरिने भैँसी’? भिक्षुहरु मध्ये एक जनाले भने ‘प्रस्टै छनि यसमा जसले भैँसीलाई डोराएको छ त्यो किसान नै मालिक हो, भैँसी पनि मालिक हुन्छ र’ ? यो कुरा सुनेपछि गौतम बुद्ध अगाडी बढेर किसानले डो¥याई रहेको भैँसीको दाम्लो फुकाई दिन्छन ।

बन्धनमुक्त भएपछि भैँसी दगुर्न थाल्यो र भैसीको पछिपछि किसान । बुद्धले भिक्षुहरुसँग आएर फेरी प्रश्न गरे ‘अब भन वास्तविक मालिक को रहेछ’ ?

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung