२५ असार २०८२, बुधबार

 

चारभन्दा बढी बच्चा जन्माए प्रोत्साहन रकम

भारतको उत्तर-पूर्वी राज्य मिजोरममा एउटा गिर्जाघरले चार वा सोभन्दा बढी बच्चा जन्माउने मिजो जनजातिका दम्पतीलाई प्रोत्साहन रकम दिने घोषणा गरेको छ।

त्यहाँ निरन्तर जन्मदर घट्न थालेपछि गिर्जाघरले पछिल्लो कदम चालेको हो।

यद्यपि उक्त घोषणाबारे सञ्चारमाध्यममा चर्चा भएपछि गिर्जाघरले त्यसबारे समीक्षा गर्ने जनाएको छ।

मिजोरममा खासगरी मिजो जनजातिमा घट्दो जन्मदरलाई लिएर त्यहाँका मिजो संगठन र गिर्जाघर निकै चिन्तित छन्।

आह्वान

हुन त सो राज्यका दुई ठूला गिर्जाघर प्रेस्बिटेरियन र द बापटिस्ट चर्च अफ मिजोरमले बढी सन्तान जन्माउन निरन्तर आह्वान गर्दै आएका छन्।

हालै लुंगलेई शहरस्थित बापटिस्ट गिर्जाघरको शाखाले सो क्षेत्रका खासगरी मिजो दम्पतीले चार वा सोभन्दा बढी बच्चा जन्माए प्रोत्साहन स्वरूप रकम दिने घोषणा गरेको थियो।

गिर्जाघरले चौथो बच्चाका लागि चार हजार भारतीय रूपैयाँ, पाँचौँका लागि पाँच हजार र सोही क्रम अनुसार पछिका बच्चाका लागि प्रोत्साहन रकम दिने जनाएको छ।

मिरियम बोचुंगतस्वीर कपीराइटFACEBOOK
Image captionमिरियम बोचुंग

गिर्जाघरको त्यस्तो घोषणाबारे मिश्रित प्रतिक्रिया आइरहेको बताइएको छ।

कतिपयले त्यसको सराहना गरिरहेका छन् भने कतिपयले गैरजिम्मेवार कदम भनेका छन्।

बापटिस्ट गिर्जाघरका प्रमुख दुलाले बीबीसीलाई भने, “त्यो घोषणाबारे अन्तिम निर्णय लिइसकिएको छैन। घोषणाबारे छिट्टै हामीले समीक्षा गर्नेछौँ।”

महत्त्वपूर्ण

मिजोरममा जन्मदर निकै कम रहेको भन्दै त्यो चिन्ताको विषय भएको उनले बताए।

मिजो समुदायका मानिसको जनजीवनका अनेकौँ पक्षमा गिर्जाघरको महत्त्वपूर्ण भूमिका रहने गरेको छ।

लुंगलेई बजार क्षेत्रमा गिर्जाघरको दबदबा रहिआएको छ।

राजधानी आइजलका एक २९ वर्षीया वकिल एमिली छांगते गिर्जाघरको पछिल्लो कदमको समर्थन गर्छिन्।

एमिली छांगतेतस्वीर कपीराइटFACEBOOK
Image captionएमिली छांगते

त्योसँगै आर्थिक रूपमा कमजोर ग्रामीण क्षेत्रका मानिसलाई सरकारले पनि सहयोग गर्नुपर्ने उनको धारणा छ।

उनी भन्छिन्, “मिजोरम सानो राज्य हो र यहाँ मिजो जनजातिको जनसंख्या बढ्न सकिरहेको छैन। अतः गिर्जाघरले सही निर्णय लिएको छ।”

जनघनत्व

आइजलमा ट्राभल एजेन्सी चलाउने मिरियम बोचुंगको पनि त्यस्तै धारणा छ।

उनले भनिन्, “मिजोरममा मिजो समुदायको जनसंख्या निकै कम छ र यो चिन्ताको विषय हो। अरू जातिको जनसंख्या चाहिँ बढिरहेको छ।”

मिरियमले जाति विशेषको नाम उल्लेख नगरे पनि ग्रामीण क्षेत्रमा चकमास र ब्रुस लगायतका अल्पसंख्यक जाति पनि बस्छन्।

सन् २०११ को जनगणना अनुसार मिजोरमको जनघनत्व प्रति वर्गकिलोमिटर ५२ जना रहेको छ जुन अरूणाचल प्रदेशपछि सबैभन्दा कम हो।

तथ्याङ्क अनुसार यो दशकमा मिजोरमको जनसंख्या वृद्धि २३.४८ प्रतिशत रहेको छ जबकि पछिल्लो दशकमा २९.१८ प्रतिशत थियो।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung