३२ असार २०८२, बुधबार

 

बेनीमा कृषि मेला प्रर्दशनी सम्पन्न

 बेनीमा सोमबार बृहद कृषि मेला प्रर्दशनी सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालयले छैठौ म्याग्दी महोत्सवको अवसरमा आयोजना गरेको प्रर्दशनी तिन दिनसम्म सञ्चालन भएको थियो ।

उत्कृष्ट फसल प्रर्दशनी गर्ने २८ जना कृषकहरुलाई समापनका क्रममा पुरस्कृत गरिएको छ । सात वटा बिधामा प्रथम, दितृय, तितृय र सान्तवना हुनेलाई क्रमश एक हजार, सात सय, पाँच सय र तिन सय रुपैयाका साथै प्रमाणपत्र प्रदान गरिएको थियो ।

२०१ जना कृषकहरुले तिन सय भन्दा बढी कृषि बस्तु प्रर्दशनीमा ल्याएका थिए । फलफुल, खाद्यान्न, दलहन, तेलहन, तरकारी, बिबिध र माछा तथा हाँस बिधामा विभिन्न कृषि बस्तुहरु प्रर्दशनी गरिएको थियो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य र बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले पुरस्कार वितरण गरेका थिए ।
बागबानि विकास अधिकृत भोजबहादुर थापाले सञ्चालन गर्नुभएको पुरस्कार वितरण कार्यक्रममा मन्तब्य व्यक्त गर्दै म्याग्दीकाली तरकारी बल्क आयोजनाको सञ्चालक समितिका अध्यक्ष मुक्ति खड्काले प्रर्दशनीले कृषकलाई प्रोत्साहीत गरेको बताउँदै निरन्तरता दिन आग्रह गरे ।

कृषकहरुलाई प्रतिस्पर्धी र ब्यवसायीक बनाउन प्रोत्साहीत गर्ने उद्देश्यले प्रर्दशनीको आयोजना गरिएको अधिकृत थापाले बताए । बेनी नगरपालीका, धौलागिरी, मालीका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालीकाका कृषकहरुले प्रर्दशनीमा सहभागीता जनाएका थिए ।
कृषि मेला प्रर्दशनीसंगै बाली उपचार शिवीर सञ्चालन गरेर रोग किरा लागेका बिरुवाको परिक्षण गरी नियन्त्रणका लागि रोकथामको उपायको बारेमा कृषकहरुलाई परामर्श दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung