२९ असार २०८२, आईतवार

 

२० औ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा तित्याङ माविमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

२० औ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा बागलुङ नगरपालिका ९ तित्याङ स्थीति तित्याङ माविमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको ।

विद्यालयको ६० औ वार्षिक उत्सवको सन्द्रर्भमा यूरोपियन यूनियन नागरिक संरक्षण मानविय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनको साझेदारीमा सन्चालित विद्यालय सुरक्षा तथा विपद जोखिम न्यूनिकरण परियोजनाले कार्यक्रम आयोजान गरेको हो ।

वक्तृत्वकलामा सहभागि ११ जना विद्यार्थीले सवल समुदाय र स्थानिय सरकार भुकम्पीय सुरक्षाको वलियो आधार नारामा केन्द्रीत रहेर वोलेका थिए ।

प्रतियोगितामा सपना वोसेल प्रथक ,प्रमिला किसान द्धितिय,विधान किसान तृतिय र अनिसा वोसेल शान्तवना भएको नेपाल गाजा डेभलपमेण्ट फाउण्डेसन का सुपरभाइजर हरीमाया घर्ति मगरले जानकारी दिनु भयो ।

साथै विद्यालयले आयोजना गरेको वार्षिक उत्सवको अवसरमा भलिवल , म्युजिकल चियर लगाएतका प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको जनाईएको छ । वार्षिक उत्सवको मुल समारोह वुधवार हुने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung