२३ असार २०८२, सोमबार

 

४४ वर्षिय रुपा कँडेल १ हप्तादेखि बेपत्ता

- हराएकि श्रीमती खोज दिन श्रीमान को अपिल

काठेखोला गाउँपालिका–६ धरमदासकी ४४ वर्षिय रुपा कँडेल गत २१ गतेदेखि बेपत्ता भएकी छिन् । घर परिवारलाई नसोधी छिमेकीलाई काठेखोला गाउँपालिका–६ राताखसे भन्ने स्थानमा रहेको बहिनीको घर जान्छु भनेर हिडेकी कँडेल ७ दिनदेखि बेपत्ता भएकि हुन् ।

घर परिवारले आफन्तजनलाई सबै ठाउँ सोधपुछ गर्दा आफन्तको घरमा नगएको र उनी घर परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि उनका श्रीमान नारायणदत्त कँडेलले प्रहरीलाई खबर गरेको र उनको खोजी कार्य जारी रहेको बताए । ६ छोरी र एक छोरा रहेकी रुपा गत २१ गतेबाट घर छाडे पछि छोराछोरीको बिचल्ली भएका स्थानीय राजु कँडेल बताए ।

कँडेल केहि समय पहिला मानसिक सन्तुलन ठिक नभए पनि अहिले त्यस्तो समस्या नभएको उनका श्रीमानले बताउँ छन् । ‘कँहा गएकी होलिन् बिहानसम्म राम्रै कुरा गर्दै सँगै खाना खाएका थियौँ’ उनका श्रीमानले भावुक हुदै भने ।  भेटाउनु हुने महानुभावले रुपाका श्रीमान नारायणदत्त कँडेलको मोवाईल नम्बर ९८४७७०५७१२ मा अथवा नजिकको प्रहरी चौकीमा बुझाई दिन श्रीमानले अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung