व्यवस्थापिका संसदका सदस्य मनकुमारी जिसीले राजनीतिक क्रान्तिले सफलता प्राप्त गरिसकेकोले अबको सम्पूर्ण ध्यान समृद्ध समाज निर्माणमा लगाउनु पर्नेमा जोड दिएकी छन । जनताको प्रत्यक्ष सहभागितामा निर्माण भएको संविधानले सबै क्षेत्रका जनताका हक अधिकारलाई संस्थागत गरेकोले संविधान कार्यान्वयनसंगै समृद्धि र सुशासनको यात्रा अगाडि बढ्ने जिसीले वताइन ।
बागलुङ नगरपालिका वडा नं. ८ सिगाना सायकोटमा गठित सिर्जनशिल आमा समुहले निर्माण गरेको सिर्जनशिल सामुदायिक भवनको बुधबार उद्घाटन पछि बोल्दै सांसद जिसीले यस्तो वताएकी हुन ।
समाज रुपान्तरणका लागि महिलाहरुसंग रहेको श्रम, शिप र पूँजिलाई एकीकृत गरी परिचालनमा उनको जोड थियो ।

समाज विकासका लागि भौतिक पूर्वाधार मात्रै भएर हुदैन, स्थानीय स्रोत र साधनको अधिकतम परिचालनका लागि जनचेतना आवश्यक रहेको उनको भनाइ छ । समाज विकासका लागि महिला पुरुष संगसैगै हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा जोड दिदै उनले महिलाहरुको क्षमता अभिवृद्धि गरी उनीहरुलाई विकास निर्माणमा सक्रिय बनाउन आग्रह गरिन ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य अञ्जु जिसी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अम्मरबहादुर कार्की, नेकपा एमाले सिगानाका कार्यवाहक अध्यक्ष लालबहादुर थापा, नेपाली कांग्रेसका सभापति छमबहादुर कार्की, नेकपा माओवादी केन्द्रका मनबहादुर नेपाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी वडा सदस्य पदमकुमारी जिसी, महिला सञ्जाल सिगानाका अध्यक्ष चित्रकला खड्का, सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष शिव खड्का, कृषि समिति सिगानाका अध्यक्ष रेशम थापा, भवन निर्माण समितिका सल्लाहकार गोविन्दप्रसाद गौतम, सिर्जनशिल महिला समुहका संस्थापक अध्यक्ष योगमाया गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम भवन निर्माण समितिका अध्यक्ष डिलकुमारी कार्कीको अध्यक्षता, सदस्य गीता कार्कीको स्वागत र सल्लाहकार भद्रबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।






























































































































































































