
स्थानीय मिडियामा पत्रकार आचारसंहिता बिषयक मिडिया संवाद कार्यक्रम पर्वतको कुश्मामा सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ पर्वतको संयोजनमा सम्वाद कार्यक्रम सम्पन्न भएको हो ।
सम्बाद कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारीले पत्रकारहरुले आंचार संहित पालना गर्दै खोजमुलक समाचारहरुलाई प्राथमिकता दिन सके पत्रकारिता क्षेत्रमा भविष्य उज्वल रहेको बताए । उनले पत्रकारले आचार संहित उल्लंघ गरे नगरेको अनुगमन प्रेस काउन्सिलले गर्ने भएकाले सवै पत्रकारहरुले आफनो मर्यादा र धर्मलाई परिपालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अर्का सदस्य सुर्दशन आचार्यले प्रेस काउन्सिलमा पत्रकार आचार संहितको अनुगमन मात्र नभइ स्थानिय स्तरका संचारमाध्यम र संचारकर्मीहरुको उत्थानका लागी पत्रकारिताको लागी आवश्यक सामाग्रीमा अनुदान समेत दिने व्यवस्था रहेको बताए । प्रेस काउन्सिलले समय समयमा मिडियाहरुलाई अनुगमन गरिरहने भएकाले पत्रकारहरुको कानुनलाई ध्यानमा राखेर समाचार लेख्नमा लाग्न सुझाव दिए ।
सम्बाद कार्यक्रममा पत्रकार महासंघ पर्वतका निर्वतमान अध्यक्ष दुर्गाप्रसाद शर्माले मोफसलमा बसेर पत्रकारिता गर्न समस्या रहेकाले पत्रकारहरुलाई जिवन निर्वाहमुखी बनाउन प्रेस काउन्सिलले समेत पहल गनुपर्नेमा जोड दिए । रेडियो शालिग्रामका स्टेशन म्यानेजर तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष ओमप्रसाद घायलले संचारमाध्यमले आचारसंहिता पालना गरेको नगरेको अध्ययनसँगै त्यहाँ काम गर्ने पत्रकारको श्रमको बिषयमा प्रेस काउन्सिलले ध्याउ केन्द्रित गर्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य पत्रकार महासंघका उपाध्यक्ष प्रनिश गिरी र कार्यक्रमको संञ्चालन पत्रकार महासंघका सहसचिव राजु पौडेलले गरेका थए ।