२८ बैशाख २०८१, शुक्रबार

 

व्यवसायीक र मर्याद्रीत पत्रकारितामा जोड

अवको पत्रकारितालाई व्यवसायीक र मर्यादीत बनाउनुपर्नेमा बागलुङमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।

पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा पत्रकार महासंघ बागलुङले आयोजना गरेको ‘अवको पत्रकारिता’ बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बदलिँदो परिस्थिती अनुसार पत्रकारिता क्षेत्रमा पनि परिवर्तन आउनुपर्नेमा जोड दिए । ब्यवसायीक पत्रकारिताको बिकासको लागि स्थानिय सरकारले जिम्मेबार भएर सहयोग गर्ने भन्दै पौडेलले पत्रकारिता क्षेत्रलाई समाजको मर्गदर्शकको रुपमा बिकास गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै पत्रकार महासंघका पुर्व केन्दिय सदस्य हरिनारायण गौतमले सञ्चार माध्याम र पत्रकार दुबैको अवको बाटो दिगो बिकास र समृद्धि सँग जोडिने बताए । कार्यक्रममा सहभागी पत्रकार तथा सरोकारवालाहरुले वर्तमान पत्रकारिताको अवस्था र अवको पत्रकारीताका बिषयमा आ–आफ्नो धारणा राखेका थिए ।

कान्तिपुर दैनिकका उप–सम्पादक प्रकाश बरालले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा नेपाल बार एसोसिएसन उच्च अदालत बागलुङ इजलाशका अध्यक्ष केशब राज पराजुली, पत्रकार महासंघ जिल्ला शाखा सल्लाहकारहरु ज्ञानेन्द्र गौतम, मुकेशच्रन्द्र राजभण्डारी, अन्तरपार्टि महिला सञ्जालका अध्यक्ष हरिकला रोका, अधिबक्ता काजिगाउँले श्रेष्ठ, उद्योगा बाणिज्य संघका सह–कोषाध्यक्ष अर्जुन चोखाल लगायतले बोलेका थिए । पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वाथगत र सचिव राम थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

महासंले स्थापना दिवशको अबसरमा शुक्रबार बिहान प्रभातफरी र मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गर्ने कार्यक्रम रहेको सचिव राम थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्