सोफिया रोबोटलाई चुम्बन गर्ने प्रयास गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । सोफियासंग हलिउड स्टार विल स्मिथले डेटिङ गरेको भिडियो स्मिथले युट्युबमा पोष्ट गरेपछि यो भिडियो विश्वव्यापी चर्चा पाएको हो ।उक्त भिडियोमा रोबोट सोफियालाई स्मिथले चुम्बन गर्न कोसिस गर्यो तब सुरूमा सोफिया अलमल परिन । त्यसको एक छिनपछि सोफियाले स्मिथलाई तिमी मेरो साथी बन्न सक्छौ भनिन ।
त्यसपछि सोफियाले स्मिथलाई आखा पनि झिम्क्याइन । साउदी अरबबाट नागरिकता समेत पाएको रोबोटको यस्तो गतिविधि युट्युबमा देखेपछि सोफियाको बारेमा धेरै चर्चा र बहस भएको छ । सोफियाले ६२ किसिमबाट अनुहारमा हाउभाउ देखाउन सक्छिन । उनको शक्तिशाली आखाले एक पटक परिचय गरेको व्यक्तिलाई अर्को पटक तत्काल नाम लिएर बोलाउछ । हककङको कम्पनीले बनाएको सोफिया नागरिकता पाउने पहिलो रोबोट हो । कृतिम बौदिक शक्तिको बलमा रोबोटले मानव समुदायलाई धेरै सहयोग गर्दै आएको छ।






























































































































































































