२५ असार २०८२, बुधबार

 

नेवा मिसाकाे एकताले ठुलाे प्रगति हुन्छ – केसी

सांसद मन केसीले बागलुङको नेवा मिसा दबुकाे एकताले अझ प्रगति हुने  बताइन । नेवा मिसा दबुकाे प्रथम साधारण सभामा केसीले साे कुरा बताएकी हुन ।उक्त साधारण सभालाई शाक्य कल्याण समाजकाे अध्यक्ष गगनलाल शाक्य ,शंखघर सहकारीकाे अध्यक्ष रतन मलेपति,बुद्ध विहारकाे पुर्व अध्यक्ष ईश्वर बर्जचार्य ,अमृत बार्डिङकाे प्रिन्सिपल महेश चन्द प्रधान ,नागरिक समाजकाे अध्यक्ष काजी गाउले श्रेष्ठ ,सल्लाहकार प्रर्मिला राजभण्डारी, नेवा मिसा दबुकाे केन्द्रीय सदस्य रम्वा शाक्य ,नेपाल भाषा मंका : खलकाे अध्यक्ष मुकेश राजभण्डारी ,वानपा ३ काे वडा अध्यक्ष लक्ष्मी बास्काेटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सचिव अर्चना पालिखे प्रगति प्रतिवेदन र काेषाध्यक्ष मनमाया श्रेष्ठले अार्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी शाक्यले ,संचालन सचिव अर्चना पालिखेले र अध्यक्षता साेमना शाक्यले गरेकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung