बिद्यामन्दिर माध्यामिक बिद्यालय बागलुङमा अभिनन्दन तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ११मा पढ्ने विद्यार्थीहरुले कक्षा १२का विद्यार्थीहरुलाई विधाई तथा सफल भविश्यको शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सांसद मनकुमारी केसीले शिक्षानै मानिसको प्रमुख आधार भएकोले जुनसुकै बर्गका व्यक्तिलाई पनि शिक्षा पाउनबाट बञ्चित गराउन नहुने बताइन ।
उनले शिक्षित मानिस भएपछि समाज गाँउ संगै राष्ट्र शिक्षित हुने बताएकि छन ।
कार्यक्रममा बा.न.पा ९ का वडा अध्यक्ष गणेश थापा ,प्रध्यानाध्यापक जगन्नाथ आचार्य ,११ १२ संयोजक डिल्लिराज गौतम ,लालचन्द्र राज भण्डारी ,शिक्षक बिष्णु काप्mले लगायतले बोलेका थिए ।
कार्यक्रम ,बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबास चन्द्र राज भण्डारीको अध्यक्षता ,बिद्यार्थी मनिशा निउरेको स्वागत र कक्षा ११ का बिद्यार्थी निकिता थापा र कोशीश सुवेदिको संचालनमा सम्पन्न भएको थियो ।



















































































































































































































