२८ बैशाख २०८१, शुक्रबार

 

बिमाले जेष्ठ नागरीक कोषलाई पचास हजार सहयोग

मालीका गाउँपालीका ७ मा स्थापित बिमाले जेष्ठ नागरीक कोषमा एक जना प्रवासीले पचास हजार रुपैया सहयोग गरेका छन ।

बिम घर भई हाल हङकङमा बस्दै आएका खिमबहादुर जुक्जालीले बाजे पतिराम जुक्जाली मार्फत कोषका अध्यक्ष समेत रहेका वडा अध्यक्ष रेशम जुक्जाली लगायतका पदाधीकारीलाई बुधबार उक्त रकम उपलब्ध गराएका हुन ।

रुपप्रसाद पुन, दल शेरपुञ्जा लगायतको पहलमा प्रवासमा बसोबास गर्ने बिमबासीहरुको पहलमा स्थापना भएको कोषमा यसअघि चार लाख सत्तरी हजार रुपैया थियो । वडा अध्यक्ष जुक्जाली अध्यक्ष रहेको कोषले प्रत्येक वर्ष जेष्ठ नागरीकहरुलाई पाँच सय रुपैयाका दरले नगद सहित सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्