२९ असार २०८२, आईतवार

 

जसस उपप्रमुख भुसाल द्धारा ३ विद्यार्थीको अभिभावकत्व ग्रहण ।।

देशैभर विद्यार्थी भर्ना अभियान चलिरहेको सन्दर्भमा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले ३ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । आज त्रिभुवन मावि खर्वाङमा बडिगाड गाउँपालिका वडा नं. ४ जलजला, खोल्टेपानीका हिमाल श्रीसलाई कक्षा नर्सरीमा, बडिगाड गाउँपालिका ५ ग्वालीचौर, रेमीका हिरा थापा लाई अंग्रेजी माध्ययम तर्फ कक्षा ९ मा र बडिगाड गाउँपालिका २ गहतेका हेमराज वि.क. लाई कक्षा ५ मा भर्ना गरी भुसालले अभिभावकत्व प्रदान गरेका हुन् ।

सो कार्यक्रममा वोल्दै भुसालले कुनैपनि बालवालिका कुनै पनि वाहनामा विद्यालय वाहिर रहन नहुने वताएका छन् । त्यस्तै प्रधानाध्यापक ढालमणि भण्डारीले विद्यालय आउन नसक्ने वालवालिकालाई आवश्यक सहयोग गर्न विद्यालय तयार रहेको बताएका छन् । आर्थिक वा अन्य समस्याले कुनै विद्यार्थी विद्यालय आउन नसकेको भए सम्पर्क गर्न भण्डारीले आह्वान गरेका छन् ।

कार्यक्रम शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो। त्रिभुवन मावि खर्वाङमा साधारण धार तर्फ अंग्रेजी माध्यमतर्फ कक्षा नर्सरी देखि ९ सम्म, नेपाली माध्यममा कक्षा ४ देखि ९ सम्म र प्राविधिक धार तर्फ कृषि बालि विज्ञान विषयमा कक्षा ९ मा भर्ना तथा कक्षा चलिरहेको छ। स्मरण रहोस् भुसालका आफ्ना ३ वच्चाले पनि सोहि सामुदायी विद्यालयमा अध्यन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung