७ कार्तिक २०८३, शुक्रबार

 

द्येबिस्थान माविमा दुई आ.व.को सामाजिक लेखा परिक्षण सम्पन्न ।। विधालयको ५५ लाख बचत ।।

देवेस्थान माध्यमिक विद्यालय निसिखोला गांउपालिका १ बाग्लुङको आ.ब. २०७३ र
७४ बैशाख ११ सम्मको सामाजिक लेखा परिक्षण मंगलबार सम्पन्न भएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष तथा सामाजिक लेखा परिक्षण समिति संयोजक मुतm
बहादुर सिंहको अध्यक्षतामा बसेको समिति भेलाले करिब दुई आर्थिक बर्षको
समाजिक लेखा परिक्षण पारित गरीएको हो ।
जसअन्र्तगत आ.ब .२०७३ मा विधालयको कुल आम्दानी ८९ लाख ६५ हजार , ९ सय ३५
रुपैया ३४ पैसा रहेको र जसमध्ये ६९ लाख ६३ हजार , ७ सय ९७ रुपैया ११ पैसा
खर्च भई बिधालय कोषमा २० लाख २१ ह्जार ८ सय ८९ रुपैया ६४ पैसा बचत भएको
थियो ।
त्यस्तै आर्थिक बर्ष २०७४ अन्र्तगत गत साउन महिनादेखि बैसाख ११ सम्मको कुल १
करोड, १७ लाख , १५ हजार, ७ सय ९७ रुपैया ११ पैसा आम्दानी भएको छ । जसमा
हालसम्म ६२ लाख, ८३ हजार, ६ सय , ८४ रुपैया ४९ पैसा खर्च भएको भई हालसम्म
विधालयको खातामा ५४ लाख, ३२ हजार, १ सय , १२ रुपैया ६२ पैसा बचतमा रहेको
विधालयक प्रध्यानाध्यापक किरण पौडेलले जानकारी दिए ।
उतm विधालयको शैक्षिक तथा भौतिक व्ययस्थापनलाई मध्यनजर राख्दै आगामि जेठ
२५ गते विधालयको बार्षिक उत्सब सम्म विधालयको आम्दानी कोषमा १ करोड
संकलन गर्ने लक्ष्य सहित चन्दा संकलन अभियानलाई समेत तिब्रता दिईएको र
हालसम्म करिब ५५ लाख चन्दा बोल भईसकेपनी उतm बोलचन्दा मध्ये स्थाई कोष
समितीको खातामा ३५ लाख ९१ ह्जार ३ सय ४ रुपैया ८ पैसा संकलन भईसकेको छ ।
बांकि बोलरकम उठ्ने क्रम जारी रहेको विधालय व्यबस्थापन समिती अध्यक्ष
ईन्द्रबहादुर मल्लले बताए । ।
उनका अनुसार विधालयले थालेको अभियान सफल पार्न सबै क्षेत्रबाट सहयोग
जारी रहेको र अझै स्वदेश बिदेशमा रहेका त्यसक्षेत्रका युवा, बुद्धिजिवी,
समाजसेवी लगाएतलाई फोन, पत्र मार्फत समेत चन्दा बोल गरीदिन आग्रह गर्ने
कार्य जारी रहेको समिती अध्यक्ष मल्लले बताए । विधालयले चन्दादातालाई
बार्षिक उत्सवका अवसरमा भब्य सम्मान गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung