७ कार्तिक २०८३, शुक्रबार

 

हरि माविमा ११ का विद्यार्थीले गरे १२ का विद्यार्थीलाई विदाइ

हरि मावि विद्यालय तारा गा.पा ३ मा कक्षा एघार मा अध्यनरत विद्यार्थीहरु बाट कक्षा १२ का विद्यार्थीलाई एक कार्यक्रमका बिच बिदाइ गरिएको छ । विदाइ विद्यार्थीलाई शुभकामना मन्तव्य शिक्षक शिब प्रसाद निउरे पुर्ण चोखाल र बिदाइ भएर जाने कक्षा १२ का विद्यार्थी को तर्फबाट विद्यार्थी शान्त खत्री मौसमले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।

बिदाइ कार्यक्रमका प्रमुख अतिथि विद्यालय का प्रअ हरि प्रसाद पौडेलले बिदाइ विद्यार्थीलाई सधैं आफ्नो जिम्मेवारी प्रति उत्तरदायी रहन आग्रह गर्दै बिदाइ भएर जाने सम्पुर्ण विद्यार्थी लाई सफलता को शुभकामना समेत दिनुभएको थियो । कायक्रमको अध्यक्षता सलिना थापा स्वागत मन्तव्य जित बहादुर राना र कायक्रमको संचालन सबिता खत्री जिज्ञासुले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung