प्रतिनिधि सभाका सदस्य ज्ञानकुमारी छन्त्यालले जिल्लाको विकासको लागि आफुले सक्दो पहल गर्दै अगाडि बढने बताउनुभएको छ । नेपाली काग्रेस बागलुङले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै सांसद छन्त्याले स्थानीय,जिल्ला हुदै देशको चौतर्फी विकास गर्न आफनो क्षेत्रबाट लाग्ने बताउनुभयो । सबैको सहयोग बाट विकास सभ्भव छ,छन्त्यालले भन्नुभयो, अव विकास विना जिल्ला अपुर्ण हुन्छ । उहाले आ आफनो क्षेत्रबाट जुटन सके सबै क्षेत्रले फडको मार्ने समेत गर्नुभयो ।
उहाले तिन तहको निर्वाचनमा नेपाली काग्रेसले विजयी हुन नसकेको अवस्थामा अव गाउ गाउबाट जुटने बताउनुभयो । राजनैतिमा विजयी एवं पराजय स्वभाविक हुने भएकोले अव नेपाली काग्रेस नया ढङगंबाट अगाडि बढने बताउनुभयो ।
कार्यक्रममा महाधिबेशन प्रतिनिधि अम्मरबहादुर कार्की,क्षेत्रीय सभापति चिरन्जिवि गौतम, पुवुसैनिक सघंका अध्यक्ष क्याप्टेन हरिबहादुर रोका लगाएले बोल्नुभएको थियो । जिल्ला सभापति दिपेन्द्रबहादुर थापाको अध्यक्षता र कोषाध्यक्ष उमेश गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।






























































































































































































