मध्य पहाडी व्यापारिक तथा पर्यटकीय शहर सुन्दर समृद्ध सांस्कृतिक बागलुङ नगर भन्ने मुल नारासहित बागलुङ नगरपालिका वडा नम्बर ३ को आर्थिक बर्ष २०७५र७६ को योजना तर्जुमा भेला सम्पन्न भयो ।
बागलुङ नगरपालिका वडा नम्बर ३ ले आयोजना गरेको वडा भेलामा बागलुङ नगरपालिका वडा नम्बर ३ भित्र गरिदै आएको योजनाको समिक्षा गर्दै आगामी बर्ष गर्ने योजना लाई अब नयाँ ढंगले अगाडि लैजान सकेमात्र नगरलाई राम्रो बनाउन सकिने बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए ।
स्थानिय तहलाई धेरै अधिकार भएको भनिएपनि अहिलेसम्म पुरानो एेन कानुन कै कारणले पनि काम गर्ने समस्या यथावत रहेको नगरमा केन्द्रले ठूलो बजेट पठाए पनि त्यो खाली देखावटी मात्र भएको मेयर पौडेलले बताए ।
बागलुङ नगरपालिकाको १४ वटा वडा मध्य सबैभन्दा बढी जनसंख्या भएको भए वडा भएपनि यश वडामा आउने बार्षिक बजेट कम भएको कारणले यहाँ बिकाश निर्माण गर्न यसले समस्या भएको गुनासो वडा भेलामा गुनासो स्वंय जनप्रतिनिधिले गरेका थिए ।
सडक कालोपत्रे पार्क निर्माण देखि यश वडामा ५७ वटा योजना रहेको यश बर्ष करिब करोडको योजना प्रस्तावको रूपमा अगाडि सारिएको थियो ।
नगरपालिकाको योजना तर्जमा बारे डाक्टर सुदर्शन सिलवालले प्रस्तुति राख्दै योजना बद्द रूपमा कार्यक्रम गर्दै जान सुझाव समेत राखेका थिए ।
बागलुङ नगरपालिकाको वडा नम्बर ३ लाई कृषि सम्बन्धि राम्रो क्षेत्र बनाउन सकिने संभावना रहेको धारणा समेत डाक्टर सिलवालले धारणा राखेका थिए ।कृषि सहकारी मार्फत काम गर्न अहिले रहेका टोल बिकासलाई संगै मिलेर काम गर्न सकिने यसबाट आर्थिक समृद्धि गर्न सकिने सिलवालले बताए ।
वडा भेलाको अध्यक्षता बागलुङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष लक्ष्मी बास्कोटा स्वागत वडा सदस्य कमल खड्का संचालन वडा सचिव भिमसेन पन्तले गरेका थिए ।
बागलुङ नगरपालिका नयाँ संरचनामा गएपछि बागलुङको पुरानो वडा नम्बर ३ , ४ र ५ गाभिएछी अहिले यो वडामा अहिले करिब १० हजार जनसंख्या रहेको छ मतदाता ४ हजार २ सय ९८ घरधुरी १ हजार ३ सय ७४ रहेको छ ठूलो वडा भए पनि यसलाई आउने बजेट भने अन्य वडाको तुलनामा न्यून भएको कारण काम गर्न समस्या देखिएको छ ।






























































































































































































