
गणतन्त्र दिवसको उपलक्ष्यमा निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल जिल्ला समिति बागलुङले निवन्ध लेखन प्रतियोगीता आयोजना गरेको छ ।
१२ जना विद्यार्थीहरु सहभागि भएको उक्त कार्यक्रमा ६ जना आधारभुत तहका र ६ जना माध्यमिक तहका विद्यार्थीहरु सहभागि थिए । निवन्ध लेखनको विषयमा अमृत बोर्डिङ स्कुलका प्रिन्सिपल महेश चन्द्र प्रधानले प्रकास पारेका थिए ।
उक्त कार्यक्रममा प्याब्सनका जिल्ला सचिव तथा यु एस एकेडेमिका प्रिन्सिपल दल बहादुर थापा प्याब्सनका कोषाध्यक्ष गणेश प्रसाद शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन शिक्षक सरोज पन्तले गरेका थिए ।