मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहीबार लागु औषध दुव्र्यसनी न्युनीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।वडा स्तरीय दलित सञ्जालले आयोजना गरेको कार्यक्रममा दलित अगुवा छवी विश्वकर्माले दलित हक अधिकार र मेडिकल अधिकृत कृष्ण कडेलले लागु औषध दुब्र्यसनीको कारण, यसको असर र न्युनीकरणका उपायका विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै मालीका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु र वडा अध्यक्ष सन्तोष सुवेदीले प्रमुख सामाजिक समस्याको रुपमा देखिएको लागु औषध दुब्र्यसनी न्युनीकरणका लागि सबै सक्रिय बन्नुपर्ने बताए । कार्यक्रम सञ्जालकी अध्यक्ष हरिमाया विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।


















































































































































































































