२८ असार २०८२, शनिबार

 

सिदार्थ शिक्षा सदनका विद्यार्थीहरुलाई लागु औषध दुव्र्यसन, सचेतना सम्वन्धि प्रशिक्षण

विद्यार्थीलाई लागु औषध बारेमा सचेतना दिने उद्देश्यले बागलुङको सिदार्थ शिक्षा सदन स्कुलमा नागरिक सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रामरेखा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बागलुङको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय बागलुङको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रहरी नायव उपरिक्षक विश्वराज सिह थापाले विद्यार्थीहरुलाई सचेतनात्मक प्रशिक्षण दिएका थिए । उनले लागुपदार्थको उत्पादन, यसका असर लागुपदार्थ प्रयोग गर्ने व्यक्तिका लक्षण दुव्र्यसनमा फस्ने कारण, यसको परिणाम तथा हुने क्षती को बारेमा विद्यार्थीहरुलाई जानाकारि दिएका थिए । साथै प्र।ना।उ थापाले लागुऔषध उत्पादन कर्ता, वितरक तथा प्रयोगकर्ता हरुलाई दिएने कानुनि सजायको बारेमा जानाकारि दिएका थिए । सोही अवसरमा ट्राफिक प्रमुख छवबहादुर घर्तिले ट्राफिक नियमको बारेमा विद्यार्थीलाई जानाकारी गराएका थिए ।
कार्यक्रममा विद्यालयका झण्डै ८० जना विद्यार्थीको सहभागि रहेका थिए । विद्यायलयमा आएर विद्यार्थीहरुलार्ई प्रशिक्षण दिएकोमा विद्यालयका पिन्सिपल बालकृष्ण के.सी.कार्यक्रमको आयोजक तथा सहयोगी हरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रम रामरेखा सामुदायिक सेवा केन्दका अध्यक्ष दुर्गाबहादुर आचार्यको अध्यक्षता तथा सेवा केन्द्रका उपाध्यक्ष शम्भु आचार्यकोे संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung