२५ असार २०८२, बुधबार

 

नेविसंघकोे आन्दोलनमा तरुणदल र महिला संघको साथ

सरकारले पेट्रोलियम पदार्थसँगै दैनिक उपभोग्य बस्तुको मुल्यबृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघले देशव्यापी रुपमा चरणबद्ध आन्दोलन गरेको छ । मंगलबार साँझ नेविसंघ बागलुङले बागलुङ बजारमा राँके जुलुस प्रर्दशन गरेको छ । जुलसमा नेपाल तरुणदल र महिला संघले पनि साथ दिएको छ । पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेविसघले गरेको आन्दोलमा अन्य संस्थाले पनी साथ दिएका हुन ।
अन्तराष्ट्रिय मूल्य समायोजन गरेको नाममा पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै मुल्य वृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ ।
धौलागिरी वहुमुखि क्याम्पस वाट सुरु भएको राकेजुलुस प्रधानमन्त्री केपि शर्मा ओलीको विरुद्ध नारावाजी गदै अस्पताल रोड, आवारोड , ट्रफिक चोक, समिक्षालय चोक हल्लन चोक हुदै लोकतान्त्रीक चोकमा आई कोष सभा परिणत भएको थियो ।

कोण सभावा वोल्ने वक्ता हरुले केपी ओली नेतृत्वको सरकार बनेपछि ४ महिना नुपुग्दै पाँच पटक मूल्य वृद्धि भैसकेको भन्दै जनताको ढाड सेक्नेगरी भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए ।
जनतालाई आर्थिक समृद्धिको झुठो नारा दिएर जनत वटुली जनता लुट्ना लागिपरेको आरोप लागएका थिए । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणमा नेपाली सुरक्षाकर्मीलाई कमजोर वनाउन भारतिय सुरक्षकर्मी परिचालन गरी देशको साख कमजोर वनाउन खोजेको आरोप लगाएका थिए ।
कोष सभामा नेपाल तरुणतल बागलुङका उपाध्यक्ष गोपाल पौडेल, नेपाल महिला संघ बागलुङका सचिव उषा पौडेल, नेपाल विद्यार्थी संघ धौलागिरी वहुमुखि क्याम्पस बागलुङका इकाई अध्यक्ष दिनेश पन्त स्वतन्त्र विद्यार्थी युनियन धौलागीरी बहुमुखी क्याम्पसका सभापती मनिस थापा लगाएतले दुई तिहाई बहुमतमा बनेको सरकारले जनतालाई सुविधा दिनुपर्नेमा जनतालाई नै लुट्न काममा लागेको आरोप लगाएका छन् ।
कार्यक्रम नेपाल विद्यार्थी संघ बागलुङका उपाध्यक्ष नरेन्द्र कडेलको धन्यवाद मन्तव्य र सचिव श्रीकृष्ण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung