७ कार्तिक २०८३, शुक्रबार

 

हरि माविका विघार्थीलाई छात्रवृत्ति वितरण

हरि माध्यमिक विद्यालय हिल मा छात्रवृत्ति संगै पुरस्कार वितरण कार्यक्रम सम्पन्न हरि माध्यमिक विद्यालय हिल मा शैक्षिक सत्र २०७४ मा राम्रो अङक लिएर उतिर्ण हुने विद्यार्थी लाई आज एक कायक्रम का बिच सम्मान गरिएको छ ।

गाउँपालिका स्थरिय कक्षा आठ को परिक्षा मा उत्कृष्ट अङक लिने पुस्पा कार्की लाई नगद रु ४००० हिरा स्मृति पुरस्कार ले सम्मानित गरिएको थियो त्यस्तै कक्षा १० को एसईई परिक्षा मा राम्रो अङक लिएर उत्तीर्ण हुने सलिना थापा लाई नगद रु ६००० खडक स्मृति पुरस्कार ले सम्मानित गरिएको थियो ।

त्यस्तै कक्षा १२ मा राम्रो अङक लिएर उत्तीर्ण हुने कमला कडेल लाई नगद रु ६००० हिरा स्मृति पुरस्कार ले सम्मान गरिएको थियो । त्यस्तै विद्यालय प्रथम हुने कक्षा ८ कि विद्यार्थी सारदा थापा लाई पनि नगद रु ४००० हिरा स्मृति पुरस्कार बाट सम्मानित गरिएको थियो ।

२०७४ को अनुसासन तर्फ जित राना र तेजिना परियार लाई सम्मान गरिएको थियो । त्यस्तै आजै नेपाल सरकार बाट आएको जेहेन्दार गरिब दलित विद्यार्थी हरु लाई छात्रवृत्ति समेत वितरण गरिएको छ ।

कार्यक्रम को अबसमा ताराखोला गाउँपालीका वडा नस्३का वडा अध्यक्ष डिल बहादुर बस्नेत संगै वडा सदस्य तेजु माया परियार को समेत विशेष उपस्थिति रहेको थियो । कार्यक्रम मा अध्यक्ष बस्नेत ले उपस्थित सम्पुर्ण अभिभावक हरु लाई आफ्ना छोराछोरी हरु लाई घरमा राम्रो संग पढ्ने बाताबरण सिर्जना गरिदिन समेत आग्रह गरेका थिए ।

प्रधानध्यापक हरि प्रसाद पौडेल को प्रमुख आतिथ्यता रहेको कार्यक्रम शिक्षक शिब प्रसाद निउरेको स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समिति का अध्यक्ष सुबेदार तिर्थ सिङ थापा को अध्यक्षता र शिक्षक पुर्ण चोखाल को सन्चालन मा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung