२३ असार २०८२, सोमबार

 

गरिव, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान

शिक्षा क्षेत्रको विकासका लागि दक्ष शिक्षक एवं शैक्षिक गुणस्तर बढाउन आवश्यक रहेको बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बागलुङ नगरपालिका–६ मा रहेका लहरेपिपल माध्यामिक विद्यालयमा आयोजना गरिएको छात्राबृत्ति हस्तान्तरण कार्यक्रममा बोल्ने सहभागीले यस्तो बताएका हुन् ।
विद्यालयमा नेपाल सरकारबाट प्राप्त छात्राबृत्ति तथा दिलबहादुर थापाको परिवारले आफ्ना बुवाआमा तथा कान्छोबुवाको सम्झनामा स्थापना गरेको ज्ञामलाल, लालबहादुर, गम्भीरा स्मृती पुरस्कार कोषले संयुक्त रुपमा गरिब, दलित, जनजाती, जेहेन्दार विद्यार्थीलाई छात्राबृत्ति प्रदान गरिएको हो ।ज्ञामलाल, लालबहादुर, गम्भीरा स्मृती पुरस्कार कोषले मावि तथा आधारभुत तहका ६÷६ जना दलित, जनजाती तथा अन्य गरी १२ जनालाई ३ हजार ५ सयका दरले छात्राबृत्ति हस्तान्तरण गरेको विद्यालयका प्रध्यानाधयपक कृष्णप्रसाद सुवेदीले बताए । सोही अवसरमा बानपा–६ का ज्येष्ठ नागरिक ९८ बर्षिय चित्रबहादुर केसीलाई नगद २ हजार ५ सय रुपैँयाका साथमा खादा र प्रमाण पत्रले सम्मान गरिएको थियो । सो अवसरमा ३ जना एकल महिला लाई २ हजार रुपैँयाका दरले रकम हस्तान्तरण गरिएको बताइएको छ ।
कार्यक्रमको अवसरमा बानपा ६ निवासी कोषका संस्थापक सदस्य दिलबहादुर थापाले नेपाल पत्रकार महासंघ बागलुङले सञ्चालन गरेको ‘हामी सबैका रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियानमा २० हजार २ सय ८९ रुपैँया प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका–६ का वडा अध्यक्ष खिमराज सापकोटा ,नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष, विद्यालयका पुर्व प्रध्यानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य मानबहादुर केसी, विद्यार्थी सबिना खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयका प्रध्यानाधयपक कृष्णप्रसाद सुवेदीले स्मृती कोष र सरकारबाट वितरण भएको बजेट र वितरणका बिषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung