आषाढ २,बागलुङपछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खचिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथी भाईलाई जम्मा गरी पाटी समेत गर्ने प्रचलन बढदै गरेको अवस्थामा यहाँका एक युवाले आफ्नो जन्मदिनको खर्च विद्यालयको शैक्षिक विकासका लागि खर्चिएका छन । नेपाल विद्यार्थी संघका सह–महामन्त्री हरिहर शर्माले आफ्नो जन्मदिनको अवसमा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन ।
जिल्लाको जैमिनी नगरपालिका ७ जैदीको सतिढुंगा माविमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन । आफुले माध्यामिक तहसम्म अध्ययन गरेको विद्यालयका विद्यार्थीको शैक्षिक विकासका लागी जन्मदिनको खर्च कटाएर केही शैक्षिक सामाग्री हस्तान्तरण गरेको शर्माले बताए ।
विद्यालयका कुल २ सय ४० विद्यार्थीलाई ८ सय कापी र ८ सय कलम हस्तान्तरण गरिएको थियो । मेरो मुख्य उद्देश्य भनेको सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउनु हो उनले भने । विद्यार्थीको शैक्षिक उन्नतीको लागि केही खर्च गरेर शैक्षिक सामाग्री वितरण गरिएको हो ।
हामी जन्मदिन मनाउने नाममा हजारौ खर्च गर्न सक्छौं तर गरिब विपन्न विद्यार्थीको शैक्षिक उन्नतीका लागि कहिलै सोच्दैनौं शर्माले भने, हरेक सामुदायिक विद्यालयको विद्यालयको शैक्षिक विकासका निम्ति अनवरत रुपमा सहयोग गर्ने छु ।
विद्यालयमा शैक्षिक सामाग्री पाउँदा निकै खुसी लागेको कक्षा १० मा अध्ययनरत विद्यार्थी कविता नेपाली बताईन । सानो सहयोगले पनि हामी विद्यार्थीहरुलाई ठुलो हौसला भएको छ नेपालीले भनिन ।
हरिहर दाईले दिएको शैक्षिक सामाग्रीले हाम्रो मनोबल बढाएको छ । विद्यालयको शैक्षिक विकासका निम्ति सहयोग हुँदा निकै आनन्द अनुभुति भएको प्रध्यानाध्यापक हरि प्रसाद पौडेलले बताउँछन । हाम्रो विद्यालयमा अहिलेसम्म विद्यार्थीलाई हौसला प्रधान गर्ने काम कसैले गरेको थिएन पौडेलले भने । शैक्षिक जागरणका निम्ति यो नयाँ आयाम हो । शर्माले विद्यार्थीको लागी मात्र नभएर विद्यालयको लागी २ थान पेनड्राईभ र १ थान अक्सफोर्ड डिसनेरी हस्तान्तरण गरेका छन । उनले जैदीकै भगवती प्राविलाई पनि १ थान कम्प्युटर प्रदान गर्ने घोषणा गरेका छन ।


















































































































































































































