७ कार्तिक २०८३, शुक्रबार

 

प्रादेशिक विश्व र प्राविधिक महाविद्यालय सञ्चालन गरिने

 प्रदेश ४ मा प्रादेशिक विश्व विद्यालय र प्राविधिक महाविद्यालय सञ्चालन हुने भएको छ । सामाजिक विकास मन्त्रालयले विश्व र महाविद्यालय स्थापनाका लागि सरोकारवालाहरुसंग सुझाव संकलन सुरु गरेको छ । प्राध्यापक डाक्टर ओम गुरुङको नेतृत्वमा मन्त्रालयले गठन गरेको कार्यदलले विश्व र महाविद्यालयको संभाव्यता अध्ययन सुरु गरेको हो ।

जेठ १८ गते मन्त्रालयको निर्णय अनुसार गठन भएको कार्यदलले जेठ २४ गतेबाट विभिन्न जिल्लामा सुझाव संकलन सुरु गरेको छ । असार २५ गतेभित्र प्रतिवेदन बुझाउने समय सिमा पएको कार्यदलले आईतबार बेनीको म्याग्दी बहुमुखी क्याम्पसका सरोकारवालाहरुसंग छलफल गरेको छ ।

विकासका लागि दक्ष, सक्षम र योग्य जनशक्ति तयार पार्ने उद्देश्यले स्थापना हुन लागेको प्रादेशिक विश्व र महाविद्यालयको आवश्यकता, यसको फाईदा, सम्भावना र चुनौतीको विषयमा जनप्रतिनिधि, निजी क्षेत्र, वुद्धीजिविहरुको सुझाव संकलन भैरहेको कार्यदलकी सदस्य दिवाकुमारी पुनले बताए ।

विश्व विद्यालयको लक्ष्य, कहाँ कसरी सञ्चालन गर्ने, अहिले भएका क्याम्पसलाई कसरी व्यवस्थापन गने भन्ने विषयमा सुझाव संकलन गरेर प्रतिवेदन दिइने पुनले बताए । कार्यक्रममा जिसस प्रमुख देवेन्द्र केसीले प्रदेश स्तरमा विश्व र महाविद्यालय स्थापना हुन लागेकोमा खुसी व्यक्त गर्दै हाल रहेका क्यामपसहरुलाईनै नयाँ विश्व विद्यालयको आंगीक बनाएर सञ्चालन गर्दा उपयुक्त हुने सुझाव दिए ।

प्रजिअ लिलाधर अधिकारीले उच्च शिक्षाका लागि बिदेशीने क्रमलाई रोकेर यही रोजगारमुलक शिक्षा दिएर दक्ष, योग्य र सक्षम जनशक्ति तयार पार्ने उद्देश्य राख्न कार्यदलललाई सुझाव दिए । पुर्व सांसद गोविन्द पौडेल, नेकपाका नेता हरिकेष्ण श्रेष्ठ, वन धिकृत माधवकुमार देव लगायतले स्थानीय तहसंग समन्वय गरेर कृषि, वन, सिभिल ईञ्जिनियरीङ, पर्यटन, जलस्रोत क्षेत्रसंग सम्बन्धित महाविद्यालय सञ्चालन गर्दा राम्रो हुने सुझाव दिए ।
कार्यक्रमको म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदी र प्रमुख टिकाराम सापकोटाले सहजिकरण गरेका थिए । प्रध्यापक विश्वकल्याण पराजुलीले संघीयताको अभ्यासका सन्दर्भमा प्रदेश ४ मा प्रदेश विश्वविद्यालय स्थापनाका सम्भावना एवं चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung