रसियामा विश्वकपको धमका जारी छ। तर विश्वका केही देशहरूमा महिलाहरूले रंगशालामा गएर खेल हेर्ने अधिकार प्राप्तिको लागि लडाइँ लडिरहेको छ ।इरान ,साउदी अरब लगाएतको मुलुकहरूमा महिलाहरूलाई रंगशालामा गएर कुनै पनि खेल हेर्न प्रतिबन्ध छ ।प्रत्येक चार चार वर्षमा विश्वकप फुटबल हेर्न खेलप्रेमीहरू विश्वभरीबाट खेल हेर्न आयोजक राष्ट्र कहाँ जान्छ ।
नसक्नेले विभिन्न माध्यम अपनाउछन ।तर विश्वमा यति धेरै परिवर्तन हुदा पनि कतिपय मुश्लिम मुलुकहरूमा महिलाहरूले रंगशालामा खेल हेर्न पाएको छैन ।खेल हेर्ने प्यासले इरानमा महिलाहरूले जोखिम मोलेर पुरूषको भेषमा रंगशालामा गएर खेल हेरेको समाचार बाहिर आएपछि यो विषयले विश्वमा निकै चर्चा र बहस सृजना गरेको छ ।
एक पटक इरानको राजधानी तेहरानको आदाजी रंगशालामा पाँच महिलाहरू पुरूषको भेषमा गएका थिए ।पुरूष दर्शकहरूसंग बसेर खेल हेरेर रमाइरहेको बेला संगै बसेको पुरूषले उनीहरू महिला भएको चाल पाए ।महिलाहरूले पुरूषको भेषमा खेल हेरेर रमाईरहेको भिडियो सामाजिक संजालमा राख्दा भिडियो भाइरल बन्यो ।ती साहसी महिलाले सरकारले महिलालाई रंगशाला खेल हेर्ने अधिकार नदिएसम्म यस्तै विभित्र तरीका अपनाएर खेल हेर्ने अभियान जारी राख्ने बताए ।
फिफाका अध्यक्ष जिआनी इन्फन्टिनोले इरानी राष्ट्रपति हसन रूहानीलाई महिलाहरूलाई खेल हेर्न अनुमति दिन आग्रह गरेका थिए ।फिफाका अध्यक्ष स्वय इरानको रंगशालामा खेल हेर्न गएका थिए ।महिलाको मामिलामा निकै अनुदार मानिने मुलुक साउदी अरबले धेरै दशकसम्म महिलाहरूलाई रंगशालामा खेल हेर्न अनुमति दिएको थिएन ।यस पटक यो देशमा यस विषयमा ठुलो परिर्वतन भयो ।महिलाहरू परिवार सहित फुटबल हेर्न किंग अब्दुल्लाह स्पोटर्स सिटी रंगशाला गएका थिए ।
यो घटनालाई मुश्लिम समाजमा भएको ऐतिहासिक फड्को रूप विश्व समुदायले लिएको छ ।सन २००६मा निर्देशक जाफर पनाहीले रंगशालामा गएर खेल हेर्ने मानविय ईच्छा र त्यस प्रतिको निरन्तर लगावलाई फिल्म अफसाइटमा देखाएका छन ।फिल्ममा विश्वकप फुटबलको हेर्न चाहाने महिला फुटबल प्रेमीहरूको संघर्षको कथा बडो गजव ढंगले प्रस्तुत गरेको छ ।जुन फिल्मले निकै प्रशंसा बटुल्यो ।इरानमा सन १९७९ को मुश्लिम क्रान्तिपछि महिलाले अश्लील शब्द नसुनुन भनेर महिलाई रंगशालामा गएर खेल हेर्ने अधिकारमा सरकारले प्रतिवन्ध लगाएको थियो ।






























































































































































































