शनिबार प्रकाशित एसईईको नतिजामा अमृत आदर्श आवासिय माविको विपिन न्यौपानेले जीपिए ल्याएको छ। विपिन न्यौपानेले ३.९५ ल्याएर जिल्लाकै उत्कृष्ट नतिजा दिन सफल भएका हुन । यसै गरी छात्रा तर्फ सदिक्षा पन्तले ३.९० ले A+ ल्याएर जिल्लाकै नमुना नतिजा दिएकी छन । यसै गरी इर्फान अलि ,निमेष केसी र समुन्द्र खड्काले A+ ल्याएका छन । यस विद्यालयका १४ जना विद्यार्थीले A १२ जना विद्यार्थीले B+ ५ जनाले B र २ जनाले C+ ल्याएको अमृत आर्दश आवासिय माविका प्रिन्सिपल महेशचन्द्र प्रधानले बताए ।
बागलुङको पुरानो निजी विद्यालय मध्ये एक यस विद्यालयले गुणस्तरीय मनोवैज्ञानिक शिक्षामा निरन्तर प्रयास गर्दै आएको छ । हामीले शिक्षा र चरित्रलाई संगसंगै लाने कोशिस गर्दै छौ । यस पालिको एसईई नतिजाले पनि हाम्रो सामुहिक मेहनतलाई उजागर गर्छ प्रन्सिपल प्रधानले नयाँ विश्वलाई प्रतिक्रिया दिए ।विस २०४१ सालमा स्थापना भएको यस विघालयले एसईई परीक्षामा निरन्तर रूपमा राम्रो नतीजा दिन सफल भएको छ ।



















































































































































































































