७ कार्तिक २०८३, शुक्रबार

 

गरिमा आवासिय माविका आचार्यले ल्याए एसईईमा उत्कृष्ट नतिजा

गरिमा आवसिय माविका विद्यार्थी रोहित आचार्यले शनिवार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (क्भ्भ्) मा उत्कृष्ट नतिजा ल्याएका छन् । आचार्यले ३.९५ ल्याएर जिल्लाकै उत्कृष्ट विद्यार्थीको रुपमा आफ्नो नाम राख्न सफल भएको गरिमा आवासिय माविका प्रिन्सिपल श्याम प्रसाद शर्माले बताए ।

१६ जना विद्यार्थी सहभागि भएको एसईई परीक्षामा ६ जना विद्यार्थीले A+ल्याएका छन् । A+ ल्याउने विद्यार्थीमा माधव शर्मा ३.८५ ,लोना मल्ल ३.८५, सुषमा ढकाल ३.८० ,रेशमा खड्का ३.८० र सृजना शर्मा ३.८० हन् । यस विद्यालयका ९ जना विद्यार्थीले B+ र २ जना विद्यार्थीले B ल्याएका छन् ।

विस २०३७ सालमा स्थापना भएको तत्कालिन प्रेमसिंह बोडिङ स्कुल हाल गरिमा आवासिय माविले सृजनात्मक ढङगले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्नुका साथै गुणस्तर शिक्षा, विद्यार्थीहरुको सिकाइ उपलब्धि बढाउन र परीक्षाको नतिजालाई राम्रो बनाउन ध्यान केन्द्रित गरेको नयाँ विश्वसँग प्रिन्सिपल शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung