७ कार्तिक २०८३, शुक्रबार

 

यसरी सफल भयो उत्कृष्ट नतिजा दिन चिल्ड्रेन लाइफ स्कुल एसईईमा

चिल्ड्रेन लाइफ इङस बोडिङ स्कुलका विद्यार्थीहरुले शनिवार प्रकाशित एसईईको नतिजामा राम्रो ग्रेड ल्याएर विद्यालयको गरिमा बढाउन सफल भएको छ । यस विद्यालयबाट माध्यमिक शिक्षा परीक्षामा सामेल ५६ जना विद्यार्थी मध्य ३९ जनाले A+ ल्याएका छन् त्यसैगरि १७  जना विद्यार्थीले A   ग्रेडमा उत्रिर्ण हुन सफल भएका छन्।  त्यस मध्ये १२ जना  विद्यार्थी अन्तर्गत अमृत शर्मा , सुवाश गैरे , संजय कडेल , शिव क्षेत्री , रक्षा शर्मा , रेखा गैरे   अभिषेक रेग्मी , इन्दु शर्मा , सुशान्त आचार्य , असिम मल्ल , नारायण कुँबर , आशिक थापाले जिपीए ३.९ सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।

साथै A+ग्रेड ल्याउने विद्यार्थीहरु अन्तरगत   जिपीए ३.८५ ल्याउने ९ जना  जपीए ३.८ ल्याउने ५ जना जीपीए ३.७५ ल्याउने ५ जनाजीपीए ३.७ ल्याउने ३ जना  जीपीए ३.६५ ल्याउने ५ जना जीपीए ३.६ ल्याउने ३ जना जीपीए ३.५५ ल्याउने ४ जना जीपीए ३.५ ल्याउने ६ जना जीपीए ३.४५ ल्याउने १ जना जीपीए ३.३ ल्याउने २ जना जीपीए ३.२५ ल्याउने १ जना रहेका छन ।

लामो समयदेखि माध्यमिक शिक्षा परीक्षामा निरन्तर रुपमा उत्कृष्ट नतिजा दिन सफल भैरहेको    यस विद्यालयले मनोवैज्ञानिक माध्यम बाट विद्यार्थीहरुको पढाइलाई अगाडि बढाएको कारण माध्यमिक शिक्षा परीक्षामा राम्रो नतिजा आएको  चिल्ड्रेन लाइफ इङलिस बोडिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले बताए । साथै अभिभावक एवम् विद्यार्थीहरुको चाहनालाई मध्यनजर गर्दै यसै शैक्षिक सत्र देखि कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकाय अन्तरर्गत नयाँ भर्ना को कार्यक्रम पनि संचालन भैरहेको जस अन्तरर्गत असार १९ गते पहिलो चरणको प्रवेश परिक्षा पनि संचालन हुन गैइरहेको कुरा प्रिन्सिपल श्रेष्ठले जानकारी गराउनु भयो । 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung