न्यू एभरेष्ट एकेडेमी बागलुङले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । विद्यालयले एक कार्यक्रमका बिच बिद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई बागलुङका प्रमुख कुश्मराज उपाध्ययले विद्यार्थीैहरुको आगामि दिनमा उज्वल भविष्यको कामना व्यक्त गर्नुभयो । विद्यार्थीहरुको चाहना अनुसार शिक्षा प्रदान गर्न अभिभावक लाग्नुपर्ने बताउनुभयो । स्वदेशमा नै लाग्ने गरि अध्ययनलाई निरन्तरता दिनुपर्ने भनाइ उहाको थियो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियार, विद्यालयका संस्थापक राधा लामिछाने, पत्रकार महासंघ बागलुङका सह–सचिव नविन शिशिर विक, विद्यार्थीहरु लक्ष्मी थापा, प्रमिला श्रीष, दिव्या खतिवडा, रोशन कँडेल, रक्षा कार्की लगायतले बोल्नु भएको थियो ।
विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीको अध्यक्षता, शिक्षक नारायण सापकोटाको स्वागत र शिक्षिका कृपा अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा एसईई उत्तिर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो । यस बर्षको एसईई परिक्षामा न्यू एभरेष्ट एकेडेमीबाट १३ जनाले ‘ए’ पलस, र ११ जनाले ‘ए’ ल्याएका थिए ।



















































































































































































































