२९ असार २०८२, आईतवार

 

धवीमाविले गर्यो एसईई उत्तीर्ण विघार्थीलाई सम्मान

धौलागिरि वीरेन्द माध्यमिक विघालयले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विघार्थीहरूलाई सम्मान गरेको छ ।उक्त कार्यक्रम एसईई उत्तीर्ण विघार्थी सविना गौतम ,शिक्षक भूमिराज गौतम ,प्रधानाध्यापक विमल गुरूङ र विघालय व्यवस्थापन समितिका अध्यक्ष दिपक सापकोटाले विघार्थीलाई बधाई तथा थप प्रगतिको शुभकामना दिएका थिए ।

विघालय व्यावस्थापन समितिका अध्यक्ष दिपक सापकोटाको अध्यक्षता ,शिक्षक केशव प्रसाद पौडेलको स्वागत र संचालन पुर्ण राज रेग्मीले गरेका थिए ।विस २०२१सालमा स्थापना भएको बागलुङ जिल्लाकै पुरानो यस विघालयले चरित्र निर्माण र विघार्थी मैत्री वातावरणमा शिक्षा विशेष जोड दिदै आएको छ ।

हामीले सीप ,व्यवस्थित सिकाई र बालबालिकाको सृजनात्मक प्रतिभालाई मलजल गर्ने उदेश्यका साथ अगाडि बढिरहेको प्रधानाध्यापक विमल गुरूङले बताए ।कक्षा ११ ,१२ मा व्यवस्थापन र शिक्षाको पढाइ समेत हुने यस विघालयले अभिभावक र जिज्ञासु विघार्थीहरूलाई आकर्षित गर्दै आएको विघालय व्यवस्थापन समितिका अध्यक्ष दिपक सापकोटाले जानकारी दिए ।विघालयले भौतिक पुर्वधारा ,मानव संशाधन र आधुनिक शिक्षामा लगानी गरिरहेको छ ।

यस पटकको एसईईको नतिजामा ं A+ ल्याउने ३ जना A ल्याउने ८ जना ,B+ ल्याउने १२ जना र Cल्याउने ४ जना विघार्थी रहेका छन ।सर्वाधिक गेड ल्याउनेमा अरूण सापकोटाले ३ .८५ जिपिए ,अन्जन पौडेलले ३.८ जिपिए र निश्चिल बरूवालले ३.८ जिपिए ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung