गोल्डेन गेट एजुकेशनल सेन्टर प्रालिले आफ्नो सेन्टरबाट कोरियन भाषा परीक्षामा सम्मेलित भएर उत्कृष्ट नतिजा ल्याउने सबै विघार्थीलाई बधाई दिएको छ ।
यस सेन्टरबाट ८८ जना विघार्थीले कोरियन भाषा परीक्षामा नाम निकाल्न सफल भएको गोल्डेन गेट एजुकेशनल सेन्टरका प्रबन्ध निर्देशक नेत्रबहादुर बिष्टले बताए ।
कोरियन ,जापानिज भाषा र विघालय ,क्याम्पसको विभिन्न विषयको टुयुसन कक्षा प्रभावकारी ढंगले चलाएर राम्रो नतिजा ल्याएर विघार्थीको मन जित्न सफल यस सेन्टरले गुणस्तरीय शिक्षा र विघार्थी मैत्री वातावरणलाई विशेष जोड दिदै आएको छ ।
यस पटक पनि कारियन भाषा परीक्षामा राम्रो परिणाम ल्याएकोमा नयाँ विश्वसंग खुशि साट्दै भाषा प्रशिक्षक अनुप रिजालले भने हामीले विघार्थीलाई स्तरीय भाषा कक्षा चलाएका छौ ।सबैको सामुहिक प्रयास राम्रो नतिजा ल्यायो ।म सबै विघार्थीलाई बधाई दिन चाहान्छु भाषा प्रशिक्षक रिजालले भने ।



















































































































































































































