७ कार्तिक २०८३, शुक्रबार

 

रूद्रेपिपल माविले एसईईमा अब्बल नतिजा ल्याउने विघार्थी दियो बधाई

रूद्रेपिपल माविले एसईईमा अब्बल नतिजा ल्याउने सबै विघार्थीलाई बधाई दिएको छ ।लामो समयदेखि उत्कृष्ट पढाई र राम्रो नतिजा ल्याउने सामुदायिक विघालयको नामले चर्चित यस विघालयले यस पटकको परीक्षामा पनि राम्रो गरेको विघालयका प्रधानाध्यापक राजेश श्रेष्ठले बताए ।

यस पटकको एसईईको नतिजामा १५ जना विघार्थीले A + ,१४ जना विघार्थाले A, १८ जना विघार्थीले B+,१२ जनाले B ,१२ जना विघार्थीले C+र १० जना विघार्थीले C ग्रेडमा उतिर्ण हुन सफल भएको छ ।

सकरात्कम सोच , स्वतन्त्र वातावरण र गुणस्तरीय पढाईमा जोड दिदै आएको यस विघालयले भौतिक संरचना ,दक्ष शिक्षक,विघार्थी मैत्री वातावरण र अनुशासनमा विशेष लगानी गरेकोले राम्रो प्रतिफल आएको विघालय व्यवस्थापन समितिका अध्यक्ष अमृतबहादुर खड्काले जानकारी दिए ।निरन्तरको सामुहिक मेहनतले विघालयले आफ्नो छवि उचो बनाएको प्रधानाध्यापक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung