गुणस्तरीय शिक्षा ,प्रयाप्त भौतिक वातावरण ,दक्ष अनुभवी शिक्षक र निरन्तर राम्रो शैक्षिक नतिजा ल्याएर फरक छवि बनाउन सफल चिल्ड्रेन लाईफ इगलिस बोडिङ स्कुलले यस शैक्षिक शत्रदेखि कक्षा ११ मा विज्ञान र व्यवस्थापन विषय शुरू गर्न लागेको छ ।सिमित सिटमा भर्ना खुलेको कक्षा ११ को विज्ञान र व्यवस्थापनको पढाईलाई उच्च गुणस्तरीय बनाएर विघार्थी र अभिभावकहरूको अपेक्षा पूरा गर्न लागेको विघालयका प्रिन्सिपल नवराज श्रेष्ठले बताए ।
हामीले अनुभवी शिक्षक ,भौतिक संरचना ,आधुनिक प्रयोगशाला ,पुस्तकालयमा प्रयाप्त लगानी गरेर विघार्थीको मनोविज्ञान अनुसारको पढाईलाई विशेष ध्यान दिने योजनामा रहेको नयाँ विश्वसंग प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।अनुशासन ,सीप ,स्वतन्त्र अध्ययन ,उपयुक्त परीक्षा प्रणाली ,अतिरिक्त त्रियाकलाप र विघार्थीलाई जिज्ञासु बनाउने सवालमा यस विघालयले आफ्नो छुट्टै पहिचान बनाएको विघालयका अध्यक्ष नवराज पौडेले बताए ।
विस २०६३ सालमा स्थापना भएको यस विघालयले कक्षा ११ को विज्ञान र व्यवस्थापन विषयको अध्ययनको गुणस्तर र विघार्थीको सिकाई उपलब्धिलाई मुख्य शर्त बनाएको छ ।सबैले आफ्नो दावि गर्छन तर हामी परिणाममा विश्वास गर्छौ ।विघार्थीको वर्तमानलाई जति मलजल गर्यो भविष्य पनि त्यतिकै सुखद हुने प्रिन्सिपल श्रेष्ठले अनुभव सुनाए ।
कक्षा ११ मा विज्ञान विषयमा ३२ जना र व्यवस्थापन विषयमा ४० जना विघार्थीलाई सिमित सिटमा भर्ना खुलेको यस विघालयले कक्षा ११ को पढाईलाई नमुना खालको बनाउन धेरै नै मेहनत गर्न लागेको छ
विशषज्ञहरूलाई विभिन्न समयमा बोलाएर विघालय परिवारको विचमा छलफल र विषयगत ज्ञानको बारेमा छलफल गरेर विघार्थीहरूको चेतनास्तर माथि उठाउने कार्यक्रम समेत रहेको विघालयले जनाएको छ ।



















































































































































































































