१९ भाद्र २०८३, शुक्रबार

 

वैदेशिक रोजगारमा अदक्ष श्रमिकलाई रोक लगाइने

सीप नभएका युवाहरूलाई वैदेशिक रोजगारीमा जान सरकारले रोक्ने भएको छ । वैदेशिक रोजगारीमा जान अनिवार्य रूपमा व्यावसायिक र प्राविधिक ज्ञान हुनुपर्ने वाध्यकारी नियम ल्याउने श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बताए ।

Photo: THT/ File

सरकारले युवाहरूलाई नेपालमै काम दिने र वैदेशिक रोजगारलाई अल्पकालीन विकल्पको रूपमा राखेको छ।सरकारको पहिलो प्राथमिकता युवाहरूलाई देशभित्रै रोजगारी हो ।देशभित्रै कामको सम्मान हुने वातावरण सरकारले बनाउन लागेको मन्त्री बिष्टले जानकारी दिए ।

श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले न्युनतम रोजगार पाउने योजना बनाउन लागेको छ । वेरोजगार युवाले आफ्नो पूर्ण विवरणसहित आफ्नो सुचना दिने व्यवस्था बनाउन लागेको छ ।सोही विवरण अध्ययन गरेर केन्द्रले युवाहरूलाई कस्तो काम दिने भनेर अध्ययन गरेर प्रकृया अगाडि बढाउने छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung