२९ असार २०८२, आईतवार

 

खस क्षत्री सेवा समाज कतारको आठौं स्थापना दिवस सम्पन्न

खस क्षत्री सेवा समाज कतारको आठौं स्थापना दिवस दोहा स्थित एक होट्लमा शुक्रबार सम्पन्न भएको छ । समाजको आठौं स्थापना दिवस अन्तरक्रिया तथा विविध सांस्कृतिक कार्यक्रम सहित शालीमार दरबार रेस्टुरेन्टमा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन खस क्षत्री सेवा समाजका प्रमुख संरक्षक एवं कार्यक्रमका प्रमुख अतिथि टिबि कार्की, संरक्षक हंसराज ढकाल लगायत अतिथिले ब्यानर अनावरण, दिप प्रज्वलन तथा केक काटेर भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै समाजका प्रमुख संरक्षक टिबि कार्कीले खस क्षत्री सेबा समाज कतार बिशुद्ध सामाजिक संस्था रहेकोले कोहि समुदायको विरुद्ध नभइ नेपाली बिचको आपसी एकता लागि गठन भएको बताए । खस क्षत्री सेवा समाजको आवश्यकता अझै रहेको भन्दै खत्रीले सम्पुर्ण सामाजिक संघ संस्था विच समन्वय गरि निरन्तर समाज सेवामा लागि रहने बताए ।
स्थापना दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा समाजको स्थापना उदेश्य, समाजमा क्षत्रीको भुमिका बारे समाजका प्रमुख संरक्षक टिबि कार्की,समाजको कार्ययोजना र प्रगति बारे समाजका संरक्षक हंसराज ढकाल , कतारमा नेपाली व्यवसायीको अवसर र चुनौतीका बारे संस्थापक सल्लाहकार सागर नेपालले र खस क्षत्रीहरुको इतिहासको बारेमा समाजका सल्लाहकार निगम कार्कीले प्रशिक्षण प्रदान गरेका थिए ।

समाजका अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक उपाध्यक्ष पुर्ण केसी, सल्लाहकार तेज कटुवाल, भोजपुर सेवा समाजका अध्यक्ष गोपाल बस्नेत, प्रवासी कटुवाल बन्दु सेवा समाजका अध्यक्ष गोपाल कटुवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा समाजका सल्लाहकार संयोजक रेशम बस्नेतले कविता बाचन गरेका थिए भने समाजका कार्यसमिति सदस्य भरत केसी लगायत दाङ देउखुरी सेबा समाजको सांस्कृतिक विभागका कलाकारहरुले विभिन्न गित, नृत्य तथा हास्य प्रसन प्रस्तुति गरेका थिए ।

खस क्षत्री सेवा समाजका उपाध्यक्ष बिश्व बन्दु थापाले स्वागत गरेको कार्यक्रम महासचिव रामजि खत्रीको संचालनमा सम्पन्न भएको समाजका प्रवक्ता सन्तोष क्षत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung