१९ भाद्र २०८३, शुक्रबार

 

गल्कोट समाज जापान क्षेत्रीय समितीओसाकाको अधिबेशन सम्पन्न – अध्यक्षमा शिबू थापा

जापानमा बाग्लुङ्ग र खासगरी गल्कोटका समुदायहरुको विभिन्न सहयोगी संघ संस्थाहरु लामो समयदेखि समाज सेवामा लाग्दै आइरहेका छन् । उनीहरुले भुइचालो पिडित देखि लिएर स्कुल, अस्पतालहरुमा महत्वपूर्ण सहयोग गर्दै आएका छन् ।

बिदेशमा रहेर आफ्नो देशको गाँउ र मातृभूमिका लागि उनीहरुले गरेको योगदान र देश प्रतिको मायाको कदर सबैले गर्ने पर्दछ । जापानमा धेरै सामाजिक संघ संस्था छन । यस मध्य एउटा हो जापानमा क्रियाशील संस्था ‘गल्कोट समाज जापान।’ यो संस्थाले पनि मातृभूमिको लागि लामो समयदेखि धेरै सहयोग गर्दै आएको छ ।

सोहि सामाजिक संस्था गल्कोट समाज जापान क्षत्रिय समिति कान्साई (ओसाका)को चौथो अधिबेशन सम्पन्न भएको छ। क्षेत्रका भपु अध्यक्ष सुमीत खत्रीको अध्यक्षता आत्त्मा राम गैरे को प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो। उक्त अबसरमा गल्कोट समाज जापान केन्द्रका सचिव तेज बहादुर चालीसे,गलकोट समाज जापानका भपु अध्यक्ष तथा अहिलेका सल्लाहाकार हर्क थापा, सल्लाहाकार हरू जगत् थापा,राम बहादुर चालीसे,आत्तमा राम गैरे, राजु शर्मा गैरे लगाएतका बिशेष ब्यक्तिहरुको उपस्थिति थियो।

राष्ट्रीय गीत बजाएर उद्घघाटन गरिएको अधिबेशनको पहिलो चरण शिबू थापाको स्वागत मन्तब्य बाट प्रारम्भ भएको थियो।सचिव नर बहादुर थापाले संचालन गरेको अधिबेशनको यो चरणमा हर्क थापा,सुमीत खत्री,जगत् थापा,आत्तमा राम गैरेले शुभकामना सहित आआफ्ना बिचार समेत राखेका थिए ।

सचिव नर बहादुर थापाले तेस्रो कार्यकालमा भएका कार्यहरु प्रस्तुत गरे संगै अध्यक्ष सुमित खत्री ज्यु ले आफ्नो कार्यकालमा साथ दिने बताए र सबैमा धन्यवाद दिदै चौथो कार्कालका लागि समिति चयन गर्ने संयोजकको ज़िम्मा तेज बहादुर चालीसे ज्युलाई दिदै तेस्रो कार्यकाल बिघटन भएको घोषणा गरेर औपचारिक चरण समापन भएको थियो।

तेज बहादुर चालीसे संयोजक रहेको निर्वाचन समितिमा निर्विरोध रुपमा शिबू थापा अध्यक्ष चयन भएका छन् ।बरिसठ उपाध्यक्षमा देबेन्द्र थापा उपाध्यक्षहरुमा कुलबिर थापा,प्रकाश गैरे सचिबमा प्रेम गैरे सह सचिव मा भीम श्रिस,कोसा अध्यक्षमा नवीन शर्मा र सदस्य हरुमा मन बहादुर सलामी,रबीन अधिकारी,भीम काउचा,नारायन भण्डारी,श्याम बुढाथोकी,जीत बूढा,बिपिन सापकोटा,नारायन थापा,जनक बोहोरा चयन हुनुभयको छ भने सल्लाहाकार हरूमा जगत् थापा,सुमित खत्री,नर बहादुर थापा,राजु गैरे र दिलीप कंडेल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung